ad ad

कारोबार


लामो समयपछि ५ अर्बको सेयर कारोबार, १४७ कम्पनीको मूल्य बढ्यो

लामो समयपछि ५ अर्बको सेयर कारोबार, १४७ कम्पनीको मूल्य बढ्यो

नेपालखबर
पुस २१, २०७९ बिहिबार १५:२०, काठमाडौँ

लामो समयपछि सेयरबजारमा ५ अर्बको सेयर कारोबार भएको छ। 

साताको अन्तिम कारोबार दिन बिहीबार १७.९२ अंकले नेप्से बढ्दा उक्त परिमाणको कारोबार भएको हो। 

यो परिमाणको कारोबार लामो समययता भएको हो। 

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से २१४३.७६ विन्दुमा पुगेको छ। बिहीबार २५९ कम्पनीको १ करोड २५ लाख ८१ हजार कित्ता सेयर बिक्री भएका छन्।

७१ हजार ८ सय १६ पटकको खरिदबिक्रीपछि ५ अर्ब ४ करोड रुपैयाँको सेयर कारोबार भएको हो। 

नयाँ सरकार बनेयता सेयरबजारले राम्रो संकेत गरिरहेको छ। बिहीबार १४७ कम्पनीको सेयर बढेको छ भने ६२ वटाको घटेको छ। चारवटाको भने उही मूल्यमा कारोबार भएको नेप्सेले जनाएको छ। 

आज चन्द्रागिरि हिल्स, बुद्धभूमि नेपाल हाइड्रो, धौलागिरि लघुवित्त, खप्तड लघुवित्त, सृजनशील लघुवित्तको सेयर १० प्रतिशतले बढेको छ। यी कम्पनीका लगानीकर्ताले कमाउँदा गुमाउनेहरुले भने ३.०३ प्रतिशतसम्म गुमाएका छन्। 

आज बजारमा हिमालयन डिस्टिलरीको सर्वाधिक ४३ करोडको सेयर किनबेच भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .