ad ad

कारोबार


सूर्यज्योति बन्यो ‘आईएसओ’ गुणस्तर चिह्न प्राप्त जीवन बीमा कम्पनी

सूर्यज्योति बन्यो ‘आईएसओ’ गुणस्तर चिह्न प्राप्त जीवन बीमा कम्पनी

नेपालखबर
पुस २१, २०७९ बिहिबार २०:३१, काठमाडौँ

सूर्यज्योति लाइफ इन्सुरेन्स कम्पनीले आईएसओ ९००१ः२०१५ बाट मान्यता प्राप्त गरेको छ। 

युनाइटेड रजिस्टरर अफ सिस्टम (यूआरएस) ले हालै कम्पनीको व्यवस्थापन, कर्मचारी सुशासन र सेवाको गुणस्तरको आधारमा गरिएको निरीक्षण पछि आईएसओ मान्यताद्वारा विभुषित गरेको सूर्यज्योतिले जनाएको छ।

उक्त मापन कम्पनीको व्यावस्थापन पक्ष, कर्मचारी सुशासन र कम्पनीले सेवाग्राही माझ पुर्याउँदै आएको सेवा सुविधाको गुणस्तरको आधारमा गरिएको थियो।

सूर्यज्योति लाइफले ई.सं. २०२३ जनवरी ४ मा आधिकारीक गुणस्तर चिह्न प्रमाणपत्र प्राप्त गरेको हो।

यस गुणस्तर प्रमाण चिह्न प्राप्त गरे पश्चात आफ्नो कार्यविधि र प्रविधिमा परिमार्जन र थप सुदृढ गर्दै बीमीतहरुलाई सेवा सुविधामा थप सवल र सहज पार्दे जाने कुरामा विश्वस्त रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले बताए।

साथै सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले हाल देशैभर १८१ शाखाबाट सेवा प्रदान गर्दै आएको र आफ्ना बीमितहरुको आवश्यकता र चाहनालाई  मनन गर्दै समयसापेक्ष कम्पनीले आफ्ना सेवाहरुलाई अझ परीस्कृत गर्दै लैजाने कुरा पनि व्यक्त गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .