ad ad

कारोबार


टेलिकमले ल्यायो विन्टर अफर, यस्ता छन् सुविधा

टेलिकमले ल्यायो विन्टर अफर, यस्ता छन् सुविधा

नेपालखबर
पुस २७, २०७९ बुधबार २०:४४, काठमाडौँ

नेपाल टेलिकमले भोलि (२०७९ पुस २८ गते) देखि लागू हुनेगरी विन्टर अफर २०७९ उपलब्ध गराउने भएको छ। कम्पनीले पहिले उपलब्ध गराइरहेको अटम अफरलाई ग्राहकहरुको रुची अनुसार परिमार्जन गरी थप आकर्षक बनाएर विन्टर अफर उपलब्ध गराउन लागेको जनाएको छ। 

विन्टर अफरमा कम्पनीले उपलब्ध गराइरहेको सजिलो प्रिपेड कम्बो अफरलाई निरन्तरता दिइएको छ। यसमा कम्पनीका प्रिपेड मोबाइलका ग्राहकलाई रु. १९९ देखि रु. ६९९ सम्मका सुलभ दरका २८ दिनसम्म प्रयोग गर्न सकिने डाटा, भ्वाइस र सन्देशका विभिन्न प्याकहरु उपलब्ध छन्। 

यस अफर अन्तर्गत जम्मा रु. ६९९ मा २८ दिनका लागि कुल २८ जिबी डाटा (दैनिक १ जिबी), दैनिक १ सय मिनेट कुराकानी गर्ने र दैनिक १ सयवटा सन्देश पठाउन सकिने सुविधा उपलब्ध रहेको छ। यसैगरी रु. ४९९ मा २८ दिनका लागि कुल १९,६०० एमबी डाटा (दैनिक ७०० एमबी), दैनिक ७० मिनेटको भ्वाइस प्याक र ७० वटा सन्देश पठाउन सकिने सुविधा उपलब्ध छ। 

जम्मा रु. ३४९ मा उपलब्ध अर्को प्याक खरिद गर्दा २८ दिनका लागि कुल १४ जीबी डाटा (दैनिक ५०० एमबी), दैनिक ५० मिनेटको कुराकानी गर्ने र ५० वटै सन्देश पठाउन सकिने सुविधा उपलब्ध रहेको छ। जम्मा रु. १९९ मा २८ दिनका लागि कुल ४२०० एमबी डाटा (दैनिक १५० एमबी), दैनिक १५ मिनेट कुराकानी गर्ने र १५ वटा सन्देश पठाउन सकिने सुविधा उपलब्ध छ। यस अफर अन्तर्गतका रु. १९९ देखि रु. ६९९ सम्मका कुराकानी गर्ने र सन्देश पठाउन सकिने प्याकहरु सबै नेटवर्कका लागि उपलब्ध छन्। 

स्टे कनेक्टेड अफर अन्तर्गत यसअघि उपलब्ध प्याकलाई ग्राहकको चाहना बमोजिम थप सुलभ दरमा ल्याइएको छ। जम्मा रु. १३० मा ५ दिनका लागि २ जिबी सबै नेटवर्कमा र ४ जिबी फोरजी नेटवर्कमा प्रयोग गर्न सक्नेगरी जम्मा ६ जिबी डाटा सुविधा र १ सय ५० मिनेट सबै नेटवर्कमा कुरा गर्न सकिने प्याक उपलब्ध गरिएको छ। रु. १०० र रु. २०० का स्टे कनेक्टेड अफरहरु निरन्तर प्रयोग गर्न सकिनेछ। 

यसैगरी एफटीटीएच सेवामा वार्षिक ४० र ८० एमबीपीएस इन्टरनेट व्याण्डविथसहित आइपिटिभी र भ्वाइस सेवाको ट्रिपल प्ले प्याक थप सुलभ दरमा उपलब्ध गराइएको छ। अब ४० र ८० एमबीपीएस इन्टरनेट व्याण्डविथसहितको ट्रिपल प्ले प्याक नवीकरण गर्दा क्रमशः जम्मा १६ हजार ६ सय ८२.६४ रुपैयामा र २१ हजार ५ सय ४१.५४ रुपैयाँ मात्र लाग्दछ । एफटीटीएच सेवामा उपलब्ध गराइएका यसअघिका अरु सबै प्याकलाई निरन्तरता दिइएको छ।  

पोस्टपेड कम्बो प्याक अन्तर्गत उपलब्ध भइरहेको जम्मा रु. ३७३ मा ३० दिनसम्म प्रयोग गर्न सकिने अन नेट ८ सय मिनेटको भ्वाइस प्याक र रु. ३७३ मै ३० दिनसम्म प्रयोग गर्न सकिने ४ जीबी डाटा प्याकमा रेन्टल समाबेश गरी निरन्तरता प्रदान गरिएको छ।

सजिलो अनलिमिटेड पोस्टपेड प्याक अन्तर्गत रु. ५९९, ७९९, ९९९ र १४९९ का असिमित सुविधाहरु प्रयोग गर्न सकिने प्याकहरु निरन्तर उपलब्ध छन्। यसमा कम्पनीभित्रकै नेटवर्कमा असिमित कुराकानी गर्न सकिने र अन्य सेवा प्रदायक नेटवर्कमा २५० मिनेट कुराकानी गर्न वा दैनिक १ जिबी डाटा प्रयोग गर्न सकिने ३० दिनको रु. ५९९को प्याक उपलब्ध छ। साथै, रु. ७९९ मा कम्पनीभित्रकै नेटवर्कमा असिमित र अन्य सेवा प्रदायकको नेटवर्कमा ५०० मिनेट कुराकानी गर्न सकिने, अल नेट २०० वटा सन्देश पठाउन सकिने र प्रतिदिन १ जीबी डाटा ३० सम्म चलाउन सकिन्छ। रु. ९९९ र रु. १४९९ का ३० दिन समयावधि भएका प्याकमार्फत कम्पनीभित्र र बाहिरको नेटवर्कमा पनि असिमित कुराकानी (अल नेट अनलिमिटेड) गर्न सकिनुका साथै क्रमशः प्रतिदिन २ जीबी र ४ जीबी डाटा तथा ४०० वटा र १००० वटा अल नेट सन्देश पठाउन सकिने सुविधा उपलब्ध छ। 

यी बाहेक पहिलेदेखि नै उपलब्ध अफरलाई निरन्तरता दिइएको छ। अफर प्राप्त गर्नका लागि ग्राहकले स्टार१४१५ह्यास डायल गर्नुपर्नेछ। कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ। त्यसैगरी कम्पनीको वेबसाइट मार्फत विस्तृत जानकारी प्राप्त गर्न सकिन्छ।  

 कम्पनीले ग्राहकवर्गको सुविधाका लागि उपलब्ध गराएको विन्टर अफर थप आकर्षक हुने विश्वास कम्पनीको रहेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .