ad ad

कारोबार


१२ अंकले बढेको दिन सेयरबजारमा वाराही हाइड्रोका लगानीकर्ताले कमाए

१२ अंकले बढेको दिन सेयरबजारमा वाराही हाइड्रोका लगानीकर्ताले कमाए

नेपालखबर
माघ २६, २०७९ बिहिबार १५:१३, काठमाडौँ

आज सेयरबजारमा वाराही हाइड्रोपावरका सेयरधनीले १० प्रतिशत आम्दानी गरेका छन्। 

कम्पनीको सेयर प्रतिकित्ता ५७ रुपैयाँले बढेको हो। अन्य कम्पनीका लगानीकर्ताले भने उल्लेख्य आम्दानी गर्न सकेका छैनन्। उनीहरुले ५.९२ प्रतिशतसम्म मात्रै कमाएका छन्। 

आज २५७ कम्पनी कारोबारमा सामेल भएका थिए। यसअनुसार ५६ लाख ४८ हजार कित्ता सेयर बिक्री भएको छ।

दिनभरिमा ३५ हजार ४ सय ५० पटकको खरिदबिक्रीमा कुल कारोबार रकम २ अर्ब ६ करोड रुपैयाँ पुगेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। 

लगानीकर्ताले आज ५.७५ प्रतिशतसम्म सर्वाधिक गुमाउँदा अपि पावरको ५ करोड ८६ लाख रुपैयाँको अधिकतम कारोबार भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .