सोमबार सेयर कारोबार खुलेसँगै जीवन विकास लघुवित्तको सेयरमूल्यमा उच्च घटेको छ।
यस दिन ११ बजेर २१ मिनेटमा लघुवित्तको सेयरमूल्य ६.४९ प्रतिशतले घटेर प्रतिकित्ता सेयरमूल्य २५ सय ३५ रुपैयाँमा झरेको छ। अघिल्लो कारोबार दिन कम्पनीको सेयरमूल्य २७ सय १० रुपैयाँ थियो।
आज लघुवित्तको सेयरमूल्य प्रतिकित्ता सेयरमूल्य १७६ रुपैयाँले घटेको छ।
आज लघुवित्तले गत वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ। गत वर्षको ७३.६८ प्रतिशत लाभांश दिएको लघुवित्तले यो वर्ष ३७.३६ प्रतिशत लाभांश घोषणा गरेसँगै लगानीकर्ता सेयर बिक्री गर्न लागेका हुन्।
लघुवित्तको सेयर बिक्रेता होमिँदा आज सेयरमूल्य उच्च दरले घटेको हो।
अघिल्लो वर्षको नाफाबाट गत वर्ष उच्च लाभांश दिएको लघुवित्तको यो वर्ष पनि उच्च लाभांशको प्रतिक्षामा रहेका लगानीकर्ता निराश बनेका छन्।
लाभांश उच्च गिरावट आउदा लगानीकर्ता सेयर बिक्री गर्न थालेका छन्। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) करिब ३१ सय लघुवित्तको सेयरमूल्य साढे ५३ नजिक पुगेको थियो।
Shares
प्रतिक्रिया