ad ad

कारोबार


जलविद्युत आयोजना निर्माणस्थलमा सुरक्षा दिन माग

जलविद्युत आयोजना निर्माणस्थलमा सुरक्षा दिन माग

नेपालखबर
फागुन १७, २०७९ बुधबार १७:२४, काठमाडौँ

स्वतन्त्र उर्जा उत्पादक संस्था नेपालले जलविद्युत आयोजना निर्माणको लागि सुरक्षाको माग गरेको छ। 

बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यस्तो माग गरेको हो। उत्पादक संस्थाले फागुन १५ गते सिन्धुपाल्चोक जिल्लाको जुगल पालिकामा निर्माण हुन लागेको सीता हाइड्रोपावर जलविद्युत आयोजना निर्माण स्थलमा स्थानीय एक समूहले गरेको तोडफोड तथा आगजनी र कर्मचारीमाथिको सांघातिक आक्रमणको भर्त्सना गरेको छ। 

इप्पानले जलविद्युत आयोजनामा स्थानीयको समूहले नै उच्छृंखल, अराजक तथा अपराधिक घटना भएको बताएको छ। 
पत्रकार सम्मेलनमा इप्पानका उपाध्यक्ष आशिष गर्गले क्षती भएको ३५ मेगावटको सीता हाइड्रोपावरलाई उचित क्षतिपूर्ति र घाइते भएका आयोजनाका कर्मचारीहरुको सम्पूर्ण खर्च पीडक पक्षले व्यहोर्ने व्यवस्था गराउन सरकारसँग माग गरे। 

उनले पछिल्लो समय जलविद्युत आयोजनाहरुमा धेरै अप्रिय घटना भइरहेको भन्दै सरकारले उचित शान्ति सुरक्षाको व्यवस्था गर्नुपर्ने बताए। उनले जलविद्युत जस्ता आयोजनामा स्थानीय वटा अध्यक्ष सहितको संग्लनतामा यस्ता अपराधिक गतिविधिले राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको उर्जा क्षेत्रमा नकारात्मक सन्देश जाने बताए।

उनले यस्ता घटनाले सिन्धुपाल्चोक लगायत जलविद्युत उत्पादन क्षेत्रमा निजी क्षेत्र निरुत्साहित हुने भन्दै त्यसतर्फ सरकारको गम्भिररुपमा ध्यान जान आवश्यक रहेको बताए। 

उनले सरकारले परियोजनाहरुको कार्यस्थलमा हुने यस्ता घटनाहरुलाई निरुत्साहित गर्न तत्काल छुट्टै सुरक्षा संयन्त्र निर्माण गरी सुरक्षाको प्रत्याभुति गराउन सीता जलविद्युत आयोजनामा भएको घटनाको छानबिन गरी दोषी उपर कानून अनुसार  कारबाही गर्न माग गरे।

त्यस्तै सीता जलविद्युत आयोजनाका अध्यक्ष सीताराम तिमल्सिनाले आयोजनामा भएको क्षतिपूर्ति र घाइतेको सम्पूर्ण उपचार पीडक पक्षबाट भराउन सरकारसँग माग गरे।

उनले फागुन १५ गते गुम्बाको मानेभञ्याङमा विद्युत प्राधिकरणको वितरण लाइनमा करेन्ट सर्ट भई स्थानी एक बालिकाको निधन भए पश्चात ६० जनाको एक समूहले योजनावद्ध रुपमा आयोजना स्थलमा तोडफोड,आगजनी र कर्मचारीमाथि आक्रमण गरेको बताए। उनले विद्युत प्राधिकरणको लाइनसँग आयोजनाको कुनै सम्बन्ध नभएको पनि बताए।

उनले एक समूहको आक्रमणबाट आयोजनाको आवासीय भवन,विद्युत गृह,सुरुङ लगायतका क्षेत्रमा ठूलो क्षति र ७ जना इन्जिनियरहरु घाइते भएको बताए। आयोजनामा भएको आक्रमणबाट करिव १२ करोड बराबरको क्षेती भएको बताए। 

उनले जलविद्युत निमार्ण कार्य शुरुवात गर्दादेखि विभिन्न आक्रमणहरु भइरहेको बताए। नेकपा एमालेका कार्यकर्ताहरुले  केही समय अघि काम दिन माग गर्दै पत्र पठाएको उनले जानकारी दिए।े अब राज्यले सुरक्षा दिन नसक्ने भएर निजी क्षेत्रले कुनै पनि क्षेत्रमा लगानी गर्न नसक्ने अवस्था आएको उनको भनाई छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .