ad ad

कारोबार


वैदेशिक रोजगारीमा गएका नेपालीले ७ महिनामा पठाए झण्डै ७ खर्ब

वैदेशिक रोजगारीमा गएका नेपालीले ७ महिनामा पठाए झण्डै ७ खर्ब

नेपालखबर
फागुन २८, २०७९ आइतबार १२:४८, काठमाडौँ

नेपालको विप्रेषण (रेमिट्यान्स) आप्रवाह बढेको छ।

वैदेशिक रोजगारीमा गएका नेपालीले चालू आर्थिक वर्षको ७ महिनामा करिब ६ खर्ब ९० अर्ब रुपैयाँ स्वदेश पठाएका हुन्। 

गत आर्थिक वर्षको सोही अवधिभन्दा  २७.१ प्रतिशतले वृद्धि भई ६ खर्ब ८९ अर्ब ८८ करोड बराबर रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ। 

अमेरिकी डलरमा हेर्ने हो भने  विप्रेषण आप्रवाह १६.४ प्रतिशतले वृद्धि भई ५ अर्ब ३० करोड पुगेको छ। 

चालू आर्थिक वर्षको ७ महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ५७.३ प्रतिशतले वृद्धि भई ३,१४,७६७ पुगेको छ ।

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा १०.१ प्रतिशतले वृद्धि भई १,६७,७०८ पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .