ad ad

कारोबार


अलपत्र ३४ वटा बिजुली बस सञ्चालनबारे रास्वपा सांसदले उठाए प्रश्न

अलपत्र ३४ वटा बिजुली बस सञ्चालनबारे रास्वपा सांसदले उठाए प्रश्न

फाइल तस्बिर


नेपालखबर
जेठ २४, २०८० बुधबार १३:०, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाहले प्रयोगविहीन अवस्थामा रहेका बिजुली बसहरुको प्रयोग गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। 

बुधबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद शाहले सरकारले ५७ करोड रुपैयाँ खर्च गरेर ल्याएका ३७ मध्ये ३४ वटा बिजुली बस अझै सञ्चालनमा आउन नसकेको बताए। 

उनले बसका लागि आवश्यक पार्किङ र चार्जिङ स्टेशनसमेत नभएको भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराए

‘नेपाल सरकारले साझा यातायातसँगको सहयोगमा करिव ५७ करोडमा ३७ वटा बिजुली बस खरिद गरेको थियो। जसमध्ये ३ वटा सञ्चालनमा आए, ३४ वटा अझै सञ्चालनमा आउन नसकेर पार्किङमा छन्’, उनले भने, ‘छोरो पाउने कहिले, भोटो सिउने अहिले, यो उखानले हाम्रा पूर्वजहरुको कुनै विषयको पूर्वतयारीको हतारोलाई दर्शाउँछ।’ 

उनले अहिलेको पुस्ता पनि पूर्वजहरुभन्दा धेरै पछाडि परिरहेका बताए।

‘छोरो जन्मिइसक्यो लगाउने भोटो छैन। बिजुली बस आइसक्यो पार्किङ र चार्जिङ स्टेशन छैन। बिजुली बस गुड्न तयार छ गुडाउने रुट पर्मिट छैन’, उनले भने, ‘सर्वसाधारण दिनहुँ थोत्रो बसमा कोचिएर यात्रा गर्न बाध्य छन्। तर सफा, सुविधासम्पन्न विद्युतीय बसलाई थन्क्याएर राखिराखेका छौँ। कतै हामीले माल पाएर चाल नपाएको हो कि? जनताको रगत पसिनाले जम्मा भएको करले किनेको गाडीमा खिया नलाग्न दिन सरकारको ध्यानाकर्षण गराउँदछु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .