ad ad

कारोबार


विमानस्थलबाट सय ग्राम सुन बरामद, भारतीय नागरिक पक्राउ

विमानस्थलबाट सय ग्राम सुन बरामद, भारतीय नागरिक पक्राउ

नेपालखबर
साउन १९, २०८० शुक्रबार १७:५१, काठमाडौँ

भन्सार छलि लैजान लागेको करिब १ सय ग्राम सुनको बालासहित भारतीय नागरिक पक्राउ परेका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४२ वर्षीय इस्हाबलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ।

फ्लाई दुबईको उडानद्वारा दुबईबाट काठमाडौं आएका उनलाई अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटमा जाँच गर्ने क्रममा पक्राउ गरिएको विमानस्थल सुरक्षा प्रहरीले जानकारी दिएको छ।

प्रहरीले थप अनुसन्धान एवम् कारवाहीको लागि त्रिभुवन बिमानस्थल भन्सार कार्यालयमा बुझाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .