बहुमूल्य धातु सुनको मूल्य आज तोलामा चार सय रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो तोलामा तीन सय रुपैयाँले घटेको सुनको भाउ आज चार सय रुपैयाँले घटेको हो।
आज सुन तोलाको एक लाख १२ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ।
त्यसैगरी हिजो तोलामा ५ रुपैयाँले बढेको चाँदीको भाउ आज १५ रुपैयाँले बढेको छ। आज चाँदी तोलामा एक हजार चार सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
84
Shares
प्रतिक्रिया