नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालबीच भेटघाट भएको छ।
उनीहरूबीच सोमबार औपचारिक भेटवार्ता भएको हो।
सो अवसरमा उनीहरूबीच पुँजी बजार, भेञ्चर क्यापिटल र प्राइभेट इक्विटीलगायत अन्य समसामयिक विषयमा छलफल भएको राष्ट्र बैंकले जनाएको छ।
प्रतिक्रिया