ad ad

कारोबार


काठमाडौँ अवतरण हुनै लाग्दा कतार एयरलाइन्सको जहाजले गर्‍यो ‘ओभरसुट’

काठमाडौँ अवतरण हुनै लाग्दा कतार एयरलाइन्सको जहाजले गर्‍यो ‘ओभरसुट’

रासस
असोज १७, २०८० बुधबार ८:३३, काठमाडौँ

कतारको दोहाबाट काठमाडौँ आएको कतार एयरलाइन्सको जहाजले ‘ओभरसुट’ गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान ७:१२ बजे अवतरण हुनै लाग्दा सो जहाजले ओभरसुट गरेको हो। 

विमानस्थल कार्यालयका अनुसार कतार एयरको जहाज ‘अनस्टेबल एप्रोच’ भएकाले ओभरसुट गरिएको हो।

‘जहाजले एप्रोच नमिलेर ओभरसुट गरेको हो, कहिलेकाहीँ ‘एप्रोच प्रोफाइल’ नमिलेर, जहाज हाई अल्टिच्युट भएर आउँदा पनि यस्तो हुन्छ’, विमानस्थलका एक उच्च अधिकारीले भने। 

यसरी ओभरसुट गरेको जहाजले एक राउन्ड लगाएर करिब २० मिनेटको समयावधिमा पुनः अवतरण गर्ने गरेको विमानस्थलले जनाएको छ।

सिमरामाथिको आकाशबाट काठमाडौँ विमानस्थलमा एप्रोच लिनुपर्ने हुन्छ।

अन्तर्राष्ट्रिय उडानका जहाजले काठमाडौँ विमानस्थलमा अवतरण गर्दा सिमरामाथिको आकाशबाटै एप्रोच लिने गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .