सुनको मूल्यले आज फेरि नयाँ रेकर्ड कायम गरेको छ।
दसैँ पछिको पहिलो कारोबार दिन शुक्रबार सुनको भाउ प्रतितोला पाँच सय रुपैयाँले बढेर एक लाख १६ हजार रुपैयाँ पुगेको छ। यो भाउ नेपालमा अहिलेसम्मकै सबैभन्दा उच्च हो।
दसैँअघि अर्थात् कात्तिक ३ गते सुनको भाउ प्रतितोला एक लाख १५ हजार पाँच सय रुपैयाँ थियो।
अघिल्लो कारोबारको तुलनामा आज सुन प्रतितोला पाँच सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। चाँदीको भाउ भने तोलाको एक हजार चार सय रुपैयाँमा कायम छ।
इजरायल र हमासबीच भइरहेको द्वन्द्वको असर सुनको मूल्यमा परेको व्यवसायीहरुले बताएका छन्।
इजरायल–प्यालेस्टिन द्वन्द्व र अमेरिकी डलरको विनिमय दर थप मजबुत भएका कारण विश्वबजारमा सुनको मूल्यमा उच्च अङ्कले वृद्धि भएको हाे।
564
Shares
प्रतिक्रिया