ad ad

कारोबार


एफडी ब्राण्डका इलेक्ट्रिक स्कुटर किन्न नबिल बैंकले सरल कर्जा दिने

एफडी ब्राण्डका इलेक्ट्रिक स्कुटर किन्न नबिल बैंकले सरल कर्जा दिने

नेपालखबर
कात्तिक १३, २०८० सोमबार १६:५६, काठमाडौँ

ग्रन्थ इलेक्ट्रिक भेहिकल प्राली (एफडी मोर्टर्स) र नबिल बैंकबीच एफडी मोर्टर्स ब्राण्डका इलेक्ट्रिक स्कुटरहरु किन्न चाहने ग्राहकहरुलाई सरल र सहज रुपमा क्रेडिट कार्ड मार्फत कर्जा सुबिधा दिने सहमति भएको छ।

सहमति अन्तर्गत ग्राहकले एफडी मोर्टर्सका सोरुमहरुमा गई आवश्यक पर्ने कागजात दिएर के्रडिट कार्ड मार्फत किस्ता तिरेर इलेक्ट्रिक स्कुटरहरू खरीद गर्न सक्नेछन्।

एफडी मोर्टर्सले हाल दुई ओटा मोडेलको इलेक्ट्रिक स्कुटर बिक्री गर्दै आएको छ। जसमा एफ फाइबको मूल्य रु. २ लाल ६१ हजार ९९९ र एफ फाइब ए को मूल्य रु. २ लाख ९७ हजार ९९९ रहेको छ।

छिटै ग्रन्थ ई भी ले एफ फाइब प्रो र एफ फाइब ए प्रो बिक्रिको लागि ल्याउन लागेको कम्पनीले जनाएको छ।

एफडी मोर्टर्स नेपालको स्कुटरमा प्रयोग भएको ५ विषेश विषेशताका कारण र सो विषेशताका बाबजुत पनी यसको मूल्य उत्कृष्ट भएर बजारमा सफल भइ रहेको कम्पनीको दाबी छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .