नागरिक उड्डयन प्राधिकरणले रामेछाप विमानस्थल प्रमुखलाई निलम्बन गरेको छ।
विमानस्थलमा दुई पाइलट कुटाकुट गरेपछि उनीहरूसहित विमानस्थल प्रमुख अशोक थापालाई पदबाट निलम्बन गरिएको हो।
शुक्रबार बिहान तारा एयरका दुई क्याप्टेन सन्तोष साह र सञ्जीव श्रेष्ठबीच झगडा भएको थियो। प्राधिकरणले सुरक्षाको मापदण्ड उल्लंघन गरेको उल्लेख गरेको छ।
प्राधिकरणले पूर्ण छानबिनपछि लाइसेन्स रद्द गर्न सक्ने र कारबाहरीसमेत हुनसक्ने जनाएको छ।
87
Shares
प्रतिक्रिया