प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले प्रिमियम मूल्यमा सेयर जारी गर्न स्वीकृति प्रदान भएको कम्पनीहरूबारे धितोपत्र बोर्डलाई पत्राचार गरेको छ।
नियमन निकाय धितोपत्र बोर्डलाई गत हप्ता पत्राचार गर्दै संलग्न कागजात माग गरेको हो।
समितिका सचिव एकराम गिरीले नेपालखबरसँग कुरा गर्दै कुनै एक कम्पनीभन्दा पनि प्रिमियम मूल्यमा सेयर जारी गर्ने सम्बन्धमा त्यसका प्रक्रिया विधि, नियम, व्यवस्थाहरू र कम्पनीहरुले उपलब्ध गराएका कागजात माग गरेको जानाकारी दिए।
उनले भने, ‘समितिमा यसै सम्बन्धमा उजुरी परेको थियो। त्यही उजुरीमा आधारित भएर पत्र लेखिएको हो।’
नियामक निकाय धितोपत्र बोर्डलाई पत्र लेख्दै प्रिमियम मूल्यमा सेयर जारी गर्नदा पालना गर्नुपर्ने नियम, त्यसको व्यवस्था लगायत विषयसमेत समितिले मागेको हो।
51
Shares
प्रतिक्रिया