उच्च अदालत पाटनले दूरसञ्चार कम्पनी एनसेलको सेयर बिक्री रोक्न अल्पकालीन अन्तरिम आदेश दिएको छ।
आजियाटाले गरेको एनसेलको ८० प्रतिशत सेयर बिक्री कानुन अनुसार नभएको भन्दै गोकुलबहादुर रोकायाले उच्च अदालतमा रिट दायर गरेका थिए।
उक्त रिटमा सुनुवाइपछि न्यायाधीश पुरुषोत्तम ढकालको इजलासले कारण देखाउ आदेश जारी गर्दै मंसिर २५ गते दुवै पक्षलाई छलफलमा झिकाएको हो।
त्यतिन्जेल सेयर खरिद बिक्रीको प्रक्रिया अगाडि नबढाउन अल्पकालीन अन्तरिम आदेश पनि इजलासले दिएको छ।
एनसेलले पूर्वस्वीकृतिबिना सेयर खरिद-बिक्री नगर्नू भनी पत्र लेख्दालेख्दै सरकारलाई तिर्नु/बुझाउनुपर्ने कर पुँजीगत लाभकरसमेत छल्ने उद्देश्यबाट विदेशमा कम्पनी खोली सेयर बिक्री गरेको र उक्त कार्य गैरकानुनी रहेको भन्दै रोकायाले उच्च अदालतमा रिट दायर गरेका थिए।
Shares
प्रतिक्रिया