ad ad

कारोबार


साउनपछि पहिलोचोटि नेप्सेले पार गर्‍यो २१ सय विन्दु, कतिको कारोबार?

साउनपछि पहिलोचोटि नेप्सेले पार गर्‍यो २१ सय विन्दु, कतिको कारोबार?

नेपालखबर
पुस ३, २०८० मंगलबार १५:१३, काठमाडौँ

बजार परिसूचक नेप्सेले गत साउनयता पहिलोचोटि २१ सय विन्दु पार गरेको छ। गत साउन ११ गते नेप्से २१२६.४८ विन्दुमा रहे पनि त्यसयता निरन्तर ओरालो लागेको थियो। 

मंगलबार पनि ४५.९८ अंकले बढेसँगै नेप्से क्रमशः उकालो लागेको हो। 

कारोबार सकिँदासम्म नेप्से २१०६.४८ विन्दुमा पुगेको छ। योसँगै आज कुल १ करोड ६४ लाख ५७ हजार कित्ता सेयर ५ अर्ब ९८ करोड बढी रुपैयाँमा कारोबार भएको छ। 

नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार २.२३ प्रतिशतले बढेसँगै सेयरबजारमा आज १८३ कम्पनीको सेयर मूल्य पनि बढेको छ। ५३ वटाको घटेको र ७ वटाको उही मूल्यमा कारोबार भएको दिन बोटलर्स नेपाल, मेरो माइक्रोफाइनान्स, उन्नति लघुवित्त, शिवम् सिमेन्टलगायतका सेयरधनीले १० प्रतिशत आम्दानी गरेका छन्। 

आज ७.२६ प्रतिशतसम्म लगानीकर्ताले गुमाएका छन् भने शिवम् सिमेन्टको सर्वाधिक ३७ करोडको सेयर खरिदबिक्री भएको नेप्सेले जनाएको छ। आज ९९ हजार ६ सय ४१ पटक सेयर कारोबार भएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .