ad ad

कारोबार


चीनसँगका व्यापारिक नाका जोड्ने सडक कमजोर भए, सुधारौँ : चन्द्र ढकाल

चीनसँगका व्यापारिक नाका जोड्ने सडक कमजोर भए, सुधारौँ : चन्द्र ढकाल

नेपालखबर
माघ २७, २०८० शनिबार १३:४६, काठमाडौँ

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले केरुङ र तातोपानी नाका जोड्ने सडक पूर्वाधारलाई सरकारले उच्च प्राथमिकता दिएर व्यवस्थित गर्न आवश्यक रहेको बताएका छन्।

शनिबार काठमाडौंमा भएको नेपाल हिमालय सीमापार वाणिज्य संघको २४औँ साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपाल–चीन जोड्ने अहिले सञ्चालनमा रहेका व्यापारिक नाकाहरू तुलनात्मक रुपमा कमजोर नै रहेको बताए।

‘प्रधानमन्त्रीको चीन भ्रमणको समयमा भएका सम्झौताहरुले नाकाहरु सहज रुपमा अगाडि बढाउने र नयाँ नाका खोल्ने सम्झौताहरू भयो। त्यसले नेपालको व्यवसायीक गतिविधि बढाउन धेरै भूमिका निर्वाह गर्ने अपेक्षा रहेको छ। चीनसँगका सञ्चालनमा रहेका व्यापारिक नाकाहरू जाने सडक पूर्वाधारहरू तुलनात्मक रुपमा कमजोर रहेको अवस्था छ,’ उनले भने। 

सरकारले चीनसँगको व्यापार व्यवसायलाई सहज बनाउनको लागि सबै भन्दा पहिला सडक सञ्जाललाई व्यवस्थित बनाउनुपर्ने उनको भनाइ थियो। अध्यक्ष ढकालले नाकासम्म जोड्ने सडक पूर्वाधारलाई व्यवस्थित बनाउँदै विकास गर्न आवश्यक देखिएको पनि उल्लेख गरे।  

‘नाकासम्म जोड्ने सडक पूर्वाधारलाई व्यवस्थित बनाउँदै विकास गर्न आवश्यक छ। सीमा नाकाहरू जोड्ने सडक सञ्जाललाई व्यवस्थित बनाउन पहल गर्नुपर्ने छ।’

अध्यक्ष ढकालले प्रधानमन्त्रीको चीन भ्रमणको समयमा भएका सम्झौताहरूले नाकाहरू सहज रुपमा अगाडि बढाउने अपेक्षा रहेको समेत बताए।

नयाँ नाका खोल्ने सम्झौताहरू भएकाले नेपालको व्यवसायीक गतिविधि बढाउन धेरै भूमिका निर्वाह गर्ने दाबी गर्दै उनले सडक सञ्जाल पनि व्यवस्थित गराउन पहल गर्नुपर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .