ad ad

कारोबार


विद्युतीय गाडीमा कर छुट दिँदा राजस्व कम उठ्यो : अर्थमन्त्री

विद्युतीय गाडीमा कर छुट दिँदा राजस्व कम उठ्यो : अर्थमन्त्री

अर्थमन्त्री महत। तस्बिर : सरोज बैजु


नेपालखबर
माघ २९, २०८० सोमबार १६:१०, काठमाडौँ

अर्थमन्त्री डा. प्रकाश शरण महतले विद्युतीय गाडीमा कर छुट दिँदा राजस्व कम उठेको बताएका छन्। 

बजेटको अर्धवार्षिक समीक्षा गर्दै मन्त्री महतले पेट्रोलियम गाडीमा ३०० प्रतिशतसम्म कर लिने गरेकोमा विद्युतीय गाडीमा छुट दिँदा लक्ष्य भेट्टाउन नसकेको बताएका हुन्। 

बजारमा विद्युतीय गाडीको माग समेत ह्वात्तै बढेको कारण पेट्रोलियम गाडीको आयात घटेको उनले बताए। 

महतका अनुसार चालू आर्थिक वर्षमा ९.६७ प्रतिशत राजस्व वृद्धि भएको छ। सरकारी लक्ष्यअनुसार कम भए पनि नकरात्मक भने नरहेको उनले बताए। 

नेपालमा मदिराबाट बढी राजस्व उठ्ने गरेकोमा अब बढी कर लगाउन सक्ने अवस्था नरहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .