ad ad

कारोबार


स्रोत घटेपछि सरकारले २ खर्ब बढीले घटायो बजेटको आकार

स्रोत घटेपछि सरकारले २ खर्ब बढीले घटायो बजेटको आकार

अर्थमन्त्री महत। तस्बिर : सरोज बैजु


नेपालखबर
माघ २९, २०८० सोमबार १६:१६, काठमाडौँ

सरकारले २ खर्ब बढीले बजेट घटाएको छ। 

सोमबार अर्धवार्षिक समीक्षा गर्दै सरकारले बजेटको आकार संशोधन गरेको हो। 

योसँगै अब कुल बजेटको आकार १५ खर्ब ३० अर्ब २६ करोड रुपैयाँको हुने भएको छ। 

अर्थमन्त्री डा. प्रकाशशरण महतले चालू आवका लागि कुल बजेट १७ खर्ब ५१ अर्ब १७ करोड ५१ लाख रुपैयाँ विनियोजन गरेका थिए। 

आम्दानीको स्रोत घटेको र खर्च गर्न समेत नसकेकाले लक्ष्य घटाइएको मन्त्री महतले बताए।

चालू आर्थिक वर्षमा विनियोजित लक्ष्य बजेटको ८७ प्रतिशत खर्च हुने भएको हो। 

योसँगै चालूतर्फ ८८.८४ प्रतिशत, पूँजीगततर्फ ८४.१३ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ ८७.३९ प्रतिशत खर्च हुने अर्थमन्त्री महतको संशोधित लक्ष्य छ। 

चालू आर्थिक वर्षमा राजस्व र आन्तरिक ऋणबाट १३ खर्ब ९ अर्ब ३० करोड, वैदेशिक अनुदानतर्फ ४० अर्ब १२ करोड, वैदेशिक ऋणतर्फ १ खर्ब ८० अर्बको स्रोत व्यवस्थापन हुने अर्थमन्त्री महतले उल्लेख गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .