नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ ४० मेगावाट बिजुली बिक्री गर्ने विषयमा अन्तिम छलफलका लागि आज (बुधबार) बंगलादेश जाँदै छन्।
वर्षात्मा विद्युत् निर्यात गर्नेगरी निर्णय हुने विश्वास घिसिङले बताएका छन्।
बंगलादेशलाई बिजुली बेच्ने सम्झौता यसअघि नै भइसकेको भए पनि प्राविधक विषय टुंगिन बाँकी छ।
बंगलादेशलाई भारतलाई बेचेकै मूल्यमा बिजुली दिने सहमति भएको छ।
बंगलादेश पनि भारतीय प्रसारण लाइन प्रयोग गर्दै विद्युत् निर्यात गरिनेछ।
सुक्खा समयमा विद्युत् आयात गर्नु पर्ने भए पनि वर्षाका बेला नेपालबाट बिजुली निर्यात गर्नुपर्ने हुन्छ।
प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले १ महिनाभित्र ४०० मेगावाट राष्ट्रिय प्रसारणमा जोडिने जानकारी दिएका छन्।
अहिले ३ हजार मेगावाट रहेको जानकारी दिँदै ४०० मेगावाट तयार भए पनि राष्ट्रिय प्रसारण लाइनमा जोड्न नसकिएको उनको भनाइ छ।
Shares
प्रतिक्रिया