चालू आर्थिक वर्षमा निरन्तर वैदेशिक व्यापार घटिरहेको छ।
माघ मसान्तसम्ममा गत वर्षको तुलनामा २ दशमलव ७५ प्रतिशतले वैदेशिक व्यापार घटेको हो।
गत वर्ष १० महिनामा नेपालले १० खर्ब १२ अर्ब रुपैयाँबराबरको व्यापार गरेकामा यो वर्ष सोही अवधिमा ९ खर्ब ८४ अर्ब रुपैयाँको मात्र भएको छ।
यो वर्ष १० महिनामा ८६ अर्ब रुपैयाँको वस्तु निर्यात भएको छ। गत वर्ष यही अवधिमा ९३ अर्ब रुपैयाँ बराबरको निर्यात भएको थियो।
त्यस्तै उक्त अवधिमा वस्तु आयात ८ खर्ब ९७ अर्ब रुपैयाँबराबरको भएको छ। गत वर्ष यही अवधिमा ९ खर्ब १९ अर्ब रुपैयाँ बराबरको भएको थियो।
33
Shares
प्रतिक्रिया