ad ad

कारोबार


कांग्रेसलाई एमालेका पौडेलको आग्रह : विरोध होइन, नीति तथा कार्यक्रमको ताली पिटेर समर्थन गर्नुस्

कांग्रेसलाई एमालेका पौडेलको आग्रह : विरोध होइन, नीति तथा कार्यक्रमको ताली पिटेर समर्थन गर्नुस्

नेपालखबर
जेठ १३, २०८१ आइतबार १२:५६, काठमाडौँ

नेकपा एमालेले सरकारको आगामी आर्थिक वर्ष २०८१÷०८२ को नीति तथा कार्यक्रममा सहभागी हुन प्रतिपक्षमा रहेका दलहरुलाई आग्रह गरेको छ। 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदको नाराबाजीकै बीच एमालेका उपाध्यक्ष तथा सांसद विष्णु पौडेलले उनीहरुलाई पनि छलफलमा सहभागी हुन आग्रह गरेका हुन्। 

उनले छलफलमा सहभागी भएको भन्दै सांसदहरु चित्रबहादुर केसी र प्रेम सुवालप्रति आभार व्यक्त गरे। 

सरकारले ल्याएको नीति तथा कार्यक्रम राम्रो रहेको पनि उनले बताए। 

‘यो नारा लगाउनुपर्ने, बेल घेर्नुपर्ने कुरै होइन’, कांग्रेस सांसदतर्फ इंगित गर्दै पौडेलले भने, ‘यो ताली बजाएर समर्थन गर्नुपर्ने प्रकृतिको छ।’ 

उनले नीति तथा कार्यक्रमप्रति समर्थन पनि जनाए। यसले देशका आर्थिक सामाजिक क्षेत्रका समस्या चिनेको, समयोचित दृष्टिकोण अघिसारेकाले समर्थनयोग्य रहेको बताए। 

यो नीति तथा कार्यक्रमले १६औँ योजनालाई अनुसरण, दिगो विकास लक्ष्य पछ्याउने कोसिस गरेको बताए। सर्वोपरी रुपमा सरकारमा सहभागी दलको तर्फबाट सरकारको नीति तथा कार्यक्रम समग्रतामा सही दृष्टिकोणमा अघि आएको बताए। 

यसले अहिले आम नागरिकको निराशा चिर्ने पनि उनले दाबी गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .