ad ad

कारोबार


नेपाल टेलिकमको प्रबन्धनिर्देशकका लागि आवेदन दिएकाहरूको अन्तर्वार्ता २० गतेदेखि

नेपाल टेलिकमको प्रबन्धनिर्देशकका लागि आवेदन दिएकाहरूको अन्तर्वार्ता २० गतेदेखि

नेपालखबर
असार १८, २०८१ मंगलबार १२:५४, काठमाडौँ

नेपाल टेलिकमको प्रबन्धनिर्देशक पदको लागि अन्तर्वार्ता र प्रस्तुतीकरणको मिति तय भएको छ। 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले असार २०, २१ र २२ गते अन्तर्वार्ता र प्रस्तुतीकरण लिने भएको हो। 

बिहीबार अनन्त प्रकाश मल्लिक, अनिल कुमार झा र कमल लामिछानेको अन्तर्वार्ता हुँदै छ। त्यसैगरी शुक्रबार कृष्ण प्रसाद भण्डारी, केदारनाथ कोइराला, चिन्तामणि बराल, नगेन्द्र कुमार दास, प्रेम प्रसाद सिलवा र बुद्धि प्रसाद आचार्यले अन्तर्वार्ता दिनेछन्। 

शनिबार रमेश प्रसाद जोशी, राजेश जोशी, लक्ष्मण महर्जन, डा. विमल आचार्य, ई शालिकराम सुवेदी, डा. शालिग्राम पराजुली र संगीता पहाडी अर्यालको अन्तर्वार्ता र प्रस्तुतीकरण हुँदै छ। 

प्रस्तुतीकरण र अन्तर्वार्तापछि ३ जनाको सर्ट लिस्ट गरी मन्त्रिपरिषद्मा जानेछ। 

मन्त्रिपरिषद्ले १ जनालाई नियुक्त गर्नेछ। यहीबीचमा नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार गठन गर्ने सहमति भएको छ। 

मन्त्री रेखा शर्माले चाहे आफूअनुकूल व्यक्तिलाई नियुक्ति गर्नको लागि मन्त्रिपरिषद्मा प्रस्ताव लैजानेछिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .