ad ad

कारोबार


पेट्रोलियम पदार्थको मूल्य घट्यो

पेट्रोलियम पदार्थको मूल्य घट्यो

नेपालखबर
असोज १४, २०८१ सोमबार २०:४२, काठमाडौँ

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।

आज राति १२ बजेबाट लागू हुने गरी निगमले पेट्रोलमा प्रतिलिटर १, डिजेल र मट्टितेलमा २ रूपैयाँका दरले मूल्य घटाएको छ।

अब काठमाडौँमा पेट्रोल प्रतिलिटर १५८ रुपैयाँमा पाइनेछ।  

यस्तै हवाई इन्धनमा आन्तरिकमा ६ र बाह्यमा प्रतिहजार लिटर ४५ रूपैयाँ मूल्य घटाइएको निगमले जनाएको छ।

खाना पकाउने ग्यासको मूल्य भने यथावत् राखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .