ad ad

समाज


गजुरीको परेवाभीरमा सुख्खा पहिरो, रातभर मुग्लिन–नारायणगढ सडक नखुल्ने

गजुरीको परेवाभीरमा सुख्खा पहिरो, रातभर मुग्लिन–नारायणगढ सडक नखुल्ने

नेपालखबर
असोज १४, २०८१ सोमबार २०:५५, मकवानपुर (हेटौंडा)

पृथ्वी राजमार्ग अन्र्तगत पर्ने गजुरीमा सुख्खा पहिरो खस्दा दुवैतर्फको सडक अवरुद्ध भएको छ।

धादिङको गजुरी गाउँपालिका–२ परेवाभीरमा सुख्खा पहिरो खस्दा मुग्लिन नारायणगढको सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

सोमबार (आज) साँझ झरेको पहिरो पन्छ्याएर केही सवारी आवागमन सुरु भएपछि पुनः ठुलो पहिरो खसेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक प्रल्हाद सिलवालले नेपालखबरलाई जानकारी दिए। 

पहिरो पन्छ्याउनका लागि सम्पूर्ण सुरक्षा निकायहरु लगिपरेको प्रहरी निरीक्षक सिलवालले बताए।

यद्यपि, सडकमाथिबाट ठूलो पहिरो खसेको कारण आज रातभर पहिरो पन्छ्याउन सक्ने सम्भावना न्यून रहेको उनको भनाइ छ।

सवारी चालकहरूलाई आ–आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गरी राख्न जिल्ला प्रहरी कार्यालय धादिङले अनुरोध गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .