विद्युतीय कार निर्माता टेस्लाले सन् २०२२ मा सन् २०२१ मा भन्दा ४० प्रतिशत धेरै कार डेलिभरी गरेको छ।
कम्पनीले गत वर्ष १३ लाख विद्युतीय कार डेलिभरी गरेको बीबीसीले जनाएको छ।
सन् २०२२ को अन्तिम तीन महिनामा मात्रै कम्पनीले ४ लाख ५ हजार कार डेलिभरी गरेको थियो।
यद्यपि यो तथ्यांक वाल स्ट्रिटको ४ लाख ३० हजार डेलिभरी हुने अनुमानभन्दा कम हो। यो वर्ष ब्याजदर बढेको र आर्थिक मन्दीको डरसँगै मोटर उद्योगले कम मागको सामना गर्ने देखिएको छ।
आफ्ना लगानीकर्तालाई टेस्लाले कोरोना र आपूर्ति प्रणालीगत समस्या झेलेको जानकारी पनि गराएको छ।
मंगलबारमात्रै दक्षिण कोरियाका अधिकारीहरुले टेस्लालाई कम तापक्रममा आफ्ना विद्युतीय कारको ड्राइभिङ रेन्ज पनि कम हुनेबारे ग्राहकलाई जानकारी गराउन चुकेको भन्दै २२ लाख डलर जरिवाना तिराउने भएको छ।
Shares
प्रतिक्रिया