ad ad

कारोबार


आयल निगमले किन्यो तीनवटा बीवाईडी ई६ गाडी

आयल निगमले किन्यो तीनवटा बीवाईडी ई६ गाडी

नेपालखबर
फागुन २९, २०७९ सोमबार १८:५२, काठमाडौँ

बीवाईडी अटो इन्डस्ट्री कम्पनी लिमिटेडको नेपालको लागि आधिकारिक बिक्रेता साइमेक्स इन्क प्रालिले तीनवटा अल न्यु ई६ गाडी नेपाल आयल निगमलाई हस्तान्तरण गरेको छ। 

कम्पनीले निगमको दिगोपना र वातावरणीय जिम्मेवारीअनुरुप ती गाडीको खरिद अघि बढेको साइमेक्सले जनाएको छ। 

निगमका प्रोजेक्ट र आईटी विभागका निर्देशक इन्जिनियर सुरज शाहका अनुसार दिगोपनाका लागि प्रतिबद्धताअनुरुप विद्युतीय गाडीमा लगानी गरिएको हो। उनले विद्युतीय गाडी नै यातायातको भविष्य भएको बताए। 

साइमेक्सकी प्रबन्धनिर्देशक यमुना श्रेष्ठले बीवाईडीका ईभी नेपाल आयल निगमले खरिद गर्नुलाई देशमा पेट्रोलियम पदार्थमाथिको निर्भरता घटाउने र विद्युतीय गाडीको प्रोत्साहन गर्ने महत्वपूर्ण कदम भएको बताइन्।

ई६ लामो रेन्ज भएको गाडी हहो। यसले एकपटकको चार्जमा ५२२ किमि यात्रा गर्न सक्ने कम्पनीले जनाएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .