ad ad

कारोबार


७ फिचर थपिएको सिट्रोन ई सी३ : रेन्ज ३२० किमि, मूल्य ३५ लाख ९९ हजार (भिडिओ)


सरोज बैजु
असार १ , काठमाडौँ

सिट्रोन ई सी३ साइन नेपाली सडकमा गुड्न थालेको छ। सन् २०२३ मा सार्वजनिक भएको सी३ मा ड्राइभिङ कम्फर्ट हुने ७ फिचर थपिएका छन्। 

स्टाइल र फिचर्स थपिएको ‘साइन’ विद्युतीय गाडी मन पराउनेका लागि विकल्प बन्न सक्छ। उच्च प्रविधि र परिष्कृत सुविधाहरूले सुसज्जित सिट्रोन ई–सी३ले ड्राइभिङलाई अझ ‘कम्फर्ट’ बनाएको छ।  

नेपालमा सिट्रोन सन् २०२१ मै सार्वजनिक गरिएको थियो। सी ३ र ई सी थ्री सन् २०२३ मा नेपालमा सार्वजनिक गरिएको थियो। कम्पनीले अहिले ड्राइभिङ फिचर थप गरी बजारमा ल्याएको छ। सी ३ साइनमा अगाडि र पछाडिको स्किड प्लेटहरू, रियर क्यामेरा, रियर वाइपर थपिएका छन्। 

भिडिओ

रियर डिफ्रोस्टर, लेदर ¥याप्ड स्टेयरिङ ह्विल, १५ इन्चको अलोय ह्विल र इलेक्ट्रिकल ओआरभीएमले फरक ड्राइभिङ अनुभूति दिलाउँछ।

नेपालमा सिट्रोनका लागि आधिकारिक बिक्रेता सांग्रिला मोटर्स छ। यसको व्यवस्थापन गोल्छा अर्गनाइजेसन र सारडा ग्रुपले गर्छन्। गाडी बिक्रीमा लामो अनुभव भएका घराना भएकाले बिक्रीपछिको सर्भिस र सुविधामा चिन्ता गर्नुपर्ने अवस्था छैन। 

विश्वबजारमा सन् १९१९ मा स्थापना भएको फ्रेन्च कम्पनी अमेरिकाबाहिरको पहिलो कम्पनी मानिन्छ। सिट्रोन १०१ देशमा उपस्थिति छ। यसले १०५ वर्षमा ५० मिलियन गाडी बिक्री गरिसकेको छ।

३२० किमि रेन्ज, ३५ लाख ९९ हजार मूल्य
केही हप्ताअघि मात्रै नेपालमा भित्रिएको सिट्रोन ई सी३ साइनको मूल्य ३५ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। अहिले आयात भएको अन्तिम स्टिकसम्म मूल्य परिवर्तन नहुने कम्पनीको भनाइ छ। 

गाडीमा ४२.५ किलोवाटको मोटर छ। यसले १४३ एनएम टर्क जेनेरेट गर्छ। गाडीमा २९.२ किलोवाट आवरको लिथियम आयन ब्याट्री छ। 

फुल चार्जमा ३२० किलोमिटरसम्म गुड्छ। १५ एम्पियरको चार्जबाट १० घण्टा लाग्ने भने डीसी फास्ट चार्जरबाट १ घण्टामा फुल चार्ज हुन्छ। नेपालमा ३ वटा कलरमा यो गाडी उपलब्ध छ।  

गाडीको डाइमेन्सन हेर्दा ३ हजार ९८१ एमएम लम्बाइ, १७ सय ३३ एमएम चौडाइ, १६ सय ४ एमएम उचाइ, २५ सय ४० एमएम ह्विलबेस  र बुट स्पेस ३१५ लिटरको छ। 

गाडीको टर्निङ रेडियस ४.९८ रहेको छ। अधिकतम गति १०७ प्रतिघण्टा किमि छ। गाडीको ग्राउन्ड क्लियरेन्स १८० एमएम छ। जुन नेपाली सडकको लागि उपयुक्त मानिन्छ। 

सांग्रिला मोटर्सले भारतको सबैभन्दा ठूलो लिथियम आयन ब्याट्री लाइफसाइकल म्यानेजमेन्ट कम्पनी, लोहम क्लिनटेक प्राइभेट लिमिटेडसँग साझेदारी गरी क्षतिग्रस्त ब्याट्रीहरुको व्यवस्थापन गर्दै आएको छ। 

कम्पनीले ब्याट्रीमा ७ वर्षको वारेन्टी वा १ लाख ४० हजार किलोमिटर, मोटरमा ५ वर्ष र १ लाख किलोमिटर र गाडीमा ३ वर्षको वारेन्टी छ। 

असार १, २०८१ शनिबार ११:१३

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .