ad ad

कारोबार


प्रचण्ड सरकारको १ वर्ष : कुन सडक कति कालोपत्रे?

प्रचण्ड सरकारको १ वर्ष : कुन सडक कति कालोपत्रे?

फाइल तस्बिर


नेपालखबर
पुस १०, २०८० मंगलबार १७:१४, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएसंगै सबैभन्दा बढी हुलाकी राजमार्ग कालोपत्रे भएको छ।

प्रधानमन्त्रीले सार्वजनिक गरेको तथ्यांकमा हुलाी राजमार्गको सबैभन्दा बढी र मदन भण्डारी राजगमार्गको कम रहेको हो। 

२०७९ मंसिरसम्म मध्यपहाडी लोकमार्ग १२ सय ८७ किमि कालेपत्रे रहेकोमा अहिले १४ सय ६ अर्थत  १२१ किमि कालोपत्रे थप भएको छ। हुलाकी राजमार्ग १ वर्ष अघि ९१० किमि कालोपत्रे रहेकोमा अहिले १३९ किमि थप भई १ हजार ४९ किमि कालोपत्रे पुगेको छ। 

मदन भण्डारी लोकमार्गको एक वर्षमा साढे २४ किमि मात्रै कालोपत्रे भएको छ। अघिल्लो वर्ष मंसिरसम्म २६२.५ किमि कालोपत्रे रहेकोमा अहिले २८६ किमि पुगेको छ। 

त्यस्तै कालीगण्डकी कोरिडोर बेनी जोमसोम कोरला खण्डमा कालोपत्रे भएको छ। बेनी–जोमसोम–कोराला खण्डको भने ४ किमि कालोपत्रे भएको छ। 

यात्रुले सबैभन्दा बढी सास्ती पाएको नारायणगढ बुटवल र मुग्लिङ पोखराको प्रगति भने निरासा जनक रहेको छ। सरकारी तथ्यांक अनुसार १ वर्षमा नारायणघाट बुटवल सडक खण्डमा २ लेनको ३१ किमि कालोपत्रे भएको छ। मुग्लिङ पोखरा सडक आयोजना ९ किमि कालोपत्रे भएको सरकारले उल्लेख गरेको छ। 

कर्णाली करिडोरको साढे ५ किमि ट्रयाक खोलिएको छ। कोशी कोरिडोर नयाँ कालोपत्रे भएको छैन। १७ किमि ग्राभेल भएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .