ad ad

कारोबार


यसकारण भूकम्पबाट भत्किएका घर १ वर्षभित्रै तयार गर्न फ्युचर वर्क्स प्रविधि

यसकारण भूकम्पबाट भत्किएका घर १ वर्षभित्रै तयार गर्न फ्युचर वर्क्स प्रविधि

नेपालखबर
पुस १८, २०८० बुधबार १८:१०, काठमाडौँ

जाजरकोटमा भूकम्पपछि अर्थात् कात्तिक १९ गते बसेको मन्त्रिपरिषद् बैठकले १ वर्षभित्रै सबै भत्किएको संरचना निर्माण गर्ने निर्णय गर्यो। 

सो निर्णयमा उल्लेख थियो, ‘सरकारले जाजरकोट क्षेत्रमा भूकम्पबाट क्षति भएका संरचनाहरूको पुनर्निर्माण कार्य एक वर्षभित्र सक्नेछ।’

सिंहदरबारमा बसेको उक्त बैठकले जाजरकोटलाई आधार मानेर भूकम्पबाट क्षति भएका संरचनाहरूको पुनर्निर्माण कार्य अघि बढाउने निर्णय गरेको थियो। 

जसअनुसार सरकारले घर बनाउने राहतको प्रक्रिया समेत सुरु गरिसकेको छ। तर २०७२ सालको भूकम्प पछिको पुननिर्माण भने निकै समय लागेको थियो। 

त्यसमा कुन प्रविधिको प्रयोग हुने र कुन प्रविधिबाट घर बनाउने भन्ने विषय मुख्य रहँदै आएको छ। 

जाजरकोट पुगेको अर्थमन्त्री अर्थमन्त्री प्रकाशशरण महतले भूकम्पपीडितलाई सुरक्षित गर्ने अभियानमा सरकार गम्भीरताका साथ लागेको बताएका छन्। 

जाजरकोट मन्त्री महतले प्राविधिक रुपमा ऐन कानुनले साधनस्रोत परिचालनमा केही जटिलता थपेको स्पष्ट पारे।

‘स्थानीय सरकारको प्रत्यक्ष निगरानी, प्रदेश सरकारको सहयोग र सहभागितामा योजना कार्यान्वयन भएको छ। पुननिर्माण दोस्रो चरणमा आउँछ, सरकारले तत्काल पीडित परिवारलाई ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ’ मन्त्री महतले भने, ‘विपद् अध्ययन जोखिम न्यूनीकरण तथा पुनर्लाभ शाखामार्फत् जिल्ला शाखाबाट वडा तहसम्म राहत पुर्याउने काम भएको छ। यद्यपि छिटो छरितो ढंगले राहत पुर्याउन केही समस्या आएका छन्।

उनले सीमित बजेटभित्र काम गर्नुपरेको, तर विपद्मा हामीले अन्य आवश्यकतालाई कटौति गरेर पीडितको समस्या सम्बोधन गरेको बताए। उनले भूकम्प प्रभावित क्षेत्रका लागि सरकारले तत्काल १० अर्ब रुपैयाँ विनियोजन गरेको छ। 

सरकार, नागरिक समाज, निजी क्षेत्र, दातृ निकाय र आम नागरिकले जति सहयोग उपलब्ध गराए त्यो सहयोग पीडितसमक्ष पुग्ने क्रम जारी रहेको बताए। मन्त्रीको यो भनाइलाई हेर्ने हो भने सरकार समेत निर्माणमा हुनेछ। 

तर समयमै निर्माण गर्ने सरकारलाई नै चुनौती भने देखिएको छ। यसमा इँट्टा, ढुंगा, रड, बालुवा, सिमेन्टबाट बन्ने आरसीसी प्रविधिको घर बनाउन मजदुर र समय धेरै लाग्ने देखिएको छ। 

फ्युचर वर्क्स प्रविधि
अर्को भनेको भूकम्प प्रतिरोधी घर विषेश विषय हो। भूकम्प प्रतिरोधी घर निर्माणको लागि फ्युचर वर्क्स प्रविधि उपयुक्त हुने देखिएको छ। 

भूकम्प प्रतिरोधात्मक प्रविधिको घर निर्माण गर्ने उद्देश्य उद्देश्यले एक कम्पनी काम समेत गरिरहेको छ।  फ्युचर वर्क्स प्रविधिबाट घर निर्माण गरिरहेको कम्पनी हो, फ्युचर वर्क्स बिल्डिङ्ग सोलुसन प्रालि कम्पनी स्थापना गरी निर्माण सामग्रीको उत्पादन सुरु गरेको छ।  

यो कम्पनी अमेरिकाको पिनाकल एलएलसीसँग ज्वाइन्ट भेन्चर रहेको छ। कोल्ड फोम्र्ड स्टिल बाट यो निर्माण हुन्छ। अन्य निर्माणको तुलनामा यो एक दमै छिटो हुने छ।

कम्पनीका अनुसार फिलिपिन्स, युएई र रूसमा यसको ठूलो प्रयोग र प्रवर्द्धन भइरहेको छ। ठूला स्तरको परियोजना विकास, व्यवस्थापन र विश्वव्यापी अनुभव समेत यो प्रविधिसाग रेहेको कम्पनीले जनाएको छ। 

सीएफएस कोल्ड फारम स्टीलको साथ निर्माण गर्छाैं जुन निकै नै सुरक्षित हुने कम्पनीको भनाइ छ। 

फ्युचर वर्क्स फ्याक्ट्रीमा निर्माण र एसेम्ब्ली गरियो जसको परिणामस्वरूप भवनहरू निकै नै छिटो हुने कम्पनीको भनाइ छ। सटिक मेसिन निर्माणले सही सामग्री प्रयोगले घरमा फोहोर घटाउन सक्नेछ। 

यो भूकम्पले भत्किने जोखिम मात्रै होइन, कुनै हालतमा पनि नभत्किने कम्पनीको दाबी छ। 

हुन पनि नेपाल अहिले पनि उत्तिकै भूकम्पको जोखिममा छ। भूकम्पविद् लोकविजय अधिकारीका अनुसार पनि पश्चिम नेपाल अहिले पनि भूकम्पको जोखिममा छ। 

उनका अनुसार पृथ्वीको गर्भमा कतै ८ रेक्टरको भूकम्प जाने शक्ति सञ्चित छ भने त्यो शक्ति क्षय हुन त्यहाँ सात रेक्टर स्केलका ३२ वटा भूकम्प जानुपर्छ। यसरी हेर्दा ६ रेक्टर स्केलको भूकम्पभन्दा ८ रेक्टर स्केलको भूकम्प १ हजार गुणाले ठूलो हुन्छ। शक्तिशाली हुन्छ। 

त्यसकारण पश्चिम नेपालमा अहिले आएको भुकम्पनले त्यहाको जोखिम घटेको छैन भन्ने उनको आशय रहेको छ। 

यस्तो जोखिम र छिटो संरचना बनाउनेको लागि फ्युचर वर्क्स प्रविधि उपयोगी रहेको कम्पनीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .