ad ad

कारोबार


६ महिनामा नेपालले निर्यात गर्‍यो पौने २ अर्बको सिमेन्ट र क्लिंकर

६ महिनामा नेपालले निर्यात गर्‍यो पौने २ अर्बको सिमेन्ट र क्लिंकर

फाइल तस्बिर


नेपालखबर
माघ ७, २०८० आइतबार १३:४७, काठमाडौँ

पछिल्लो समय नेपालको सिमेन्ट निर्यात वृद्धि हुनथालेको छ। गत वर्षदेखि नेपालबाट सिमेन्ट निर्यात सुरु भएको थियो।

योसँगै ती वस्तुको निर्यात निरन्तर बढिरहेको ताजा तथ्यांकले देखाएको हो। 

चालू आर्थिक वर्षको ६ महिना अवधिमा सिमेन्ट र क्लिंकर गरी कुल १ अर्ब ७६ करोड रुपैयाँ बराबरको निर्यात भएको भन्सार विभागले जनाएको छ। यो सबै भारतमा निर्यात भएको तथ्यांक हो। 

विभागका अनुसार  ६ महिनामा ८७ करोड रुपैयाँबराबरको सिमेन्टको क्लिंकर निर्यात भएको छ। 

त्यस्तै तयारी सिमेन्ट ८९ करोड रुपैयाँबराबरको निर्यात भएको छ। परिमाणमा भन्नुपर्दा क्लिंकर २ लाख २२ हजार टन र सिमेन्ट १४ लाख ५० हजार टन निर्यात भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .