ad ad

राजनीति


टीआरसी विधेयक कार्यान्वयन हुँदा पीडितलाई झनै पीडा नहोस् : कांग्रेस सांसद पुडासैनी

टीआरसी विधेयक कार्यान्वयन हुँदा पीडितलाई झनै पीडा नहोस् : कांग्रेस सांसद पुडासैनी

नेपालखबर
भदौ २, २०८१ आइतबार १४:५४, काठमाडौँ

नेपाली कांग्रेस सांसद विष्णुदेवी पुडासैनीले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक पीडितमैत्री हुनुपर्ने बताएकी छिन्।

आइतबार राष्ट्रिय सभा बैठकमा बोल्दै उनले संसदबाट पारित भइ कार्यान्वयन जाँदा पीडितलाई झनै पीडा दिने अवस्था आउन नदिन सरकारको ध्यानाकर्षण गरिन्। 

उनले आफन्त गुमाएका, शारीरिक एवं मानसिक यातना भोगेका, घाइते एवं अपाङ्ग भएका घरबार, धन सम्पती गुमाएका सबैले न्यायको महसुस हुने परिस्थिति बन्ने वातावरण सिर्जना गर्न आग्रह गरिन्। 

‘विभिन्न रुपमा पटक पटक भएका जनआन्दोलन एवं विद्रोहका कारण धनजनको क्षति पश्चात व्यवस्था परिवर्तन भएपनि त्यस्ता आन्दोलनले विद्रोहबाट प्रत्यक्ष रुपमा प्रभावित हुनुभएका नागरिकहरूको पीडामा भने मल्हम लगाउन सकिएको छैन,’ उनले भनिन्, ‘पछिल्लो पटक माओवादीबाट भएको विद्रोहका कारण पीडित हुन पुगेका नेपाली नागरिकलाई न्याय प्रदान गरी शान्ति प्रक्रिया टुंग्याउन प्रतिनिधि सभाबाट टीआरसी विधेयक पारित भएको र सो विधेयक यस सम्बन्धी सदनमा छलफल भइ पास हुँदैछ।’

उनले पटक पटक भएका जनआन्दोलन एवं विद्रोहका कारण धनजनको क्षति पश्चात व्यवस्था परिवर्तन भएपनि त्यस्ता आन्दोलनले विद्रोहबाट प्रत्यक्ष रुपमा प्रभावित भएका नागरिकहरूको पीडामा भने मल्हम लगाउन नसकिएको उल्लेख गरिन्।

‘यो विधेयक पारित भइ कार्यान्वयनमा जाँदा यसले पीडितलाई झनै पीडित नबनाओस्। आफन्त गुमाएका, शारीरिक एवं मानसिक यातना भोगेका, घाइते एवं अपाङ्ग भएका घरबार, धन सम्पती गुमाएका सबैले न्यायको महशुस हुने परिस्थिति बनोस्,’ उनले भनिन्।

सांसद पुडासैनीले काठमाडौँ महानगर र संघीय सरकारको द्वन्द्वका कारण काठमाडौँ सहर खाल्डो सहर बन्दै गएको बताइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .