ad ad

कारोबार


नेपालका आरुष भट्टराईलाई मलेसियामा ‘ग्रान्ड ग्लोबल एम्बेसडर अवार्ड’

नेपालका आरुष भट्टराईलाई मलेसियामा ‘ग्रान्ड ग्लोबल एम्बेसडर अवार्ड’

नेपालखबर
मंसिर १९, २०८० मंगलबार १४:३, काठमाडौँ

नेपालका १२ वर्षीय आरुष भट्टराईले मलेसियामा ग्रान्ड ग्लोबल एम्बेसडर इन्टरनेशनल अवार्ड जितेका छन्। 

अन्तर्राष्ट्रिय प्रतियोगितामा उनले विभिन्न देशका सहभागीसँग प्रतिस्पर्धा गरेका थिए। 

स्याली क्राउन ब्युटी कन्सल्टेन्सले आयोजना गरेको कार्यक्रममा उनले विनर किड इन्टेलिजेन्ट र ग्रान्ड विनर किड्स युनिभर्स विधामा जित हात पारेका हुन्। 

कार्यक्रममा नेपाल, भारत र मलेसियाका बालबालिका सहभागी थिए। आरुषसँगै सहभागी नेपाली एल्भिरा महर्जनले मिस किड अल्युरिङ औरा ग्रान्ड ग्लोबल एम्बेसडर इन्टरनेशनलको उपाधि हासिल गरेकी थिइन्। प्रतियोगितामा अन्तर्राष्ट्रिय मोडल तथा फेसन कोच राज फैजु पनि सहभागी थिए। 

नेपालबाट सहभागी दुवैको फेसन डिजाइन श्रीष बैदारले गरेकी थिइन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .