ad ad

कारोबार


धेरै वस्तु आयात गर्ने वीरगन्ज नाका, बढी निर्यात गर्ने विराटनगर

२६ भन्सार नाकाबाट ५ महिनामा ७ खर्ब बढीको वैदेशिक व्यापार
धेरै वस्तु आयात गर्ने वीरगन्ज नाका, बढी निर्यात गर्ने विराटनगर

वीरगन्ज सुख्खा बन्दरगाह।


नेपालखबर
पुस ८, २०७९ शुक्रबार ११:५०, काठमाडौँ

नेपालले दुई दर्जन बढी भन्सार नाकाबाट वैदेशिक व्यापार गर्छ। 

२६ भन्सार कार्यालयसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सामान निकासी र पैठारी हुने गरेको हो। 

वैदेशिक व्यापारकै लागि चोभार र वीरगन्ज सुख्खा बन्दरगाहमा भन्सार कार्यालय समेत रहेका छन्। 

दुई छिमेकी देश चीन र भारतसहित तेस्रो मुलुकसँग तिनै २६ नाका हुँदै वैदेशिक व्यापार हुने गरेको हो। 

२६ नाकामध्ये सबैभन्दा धेरै वस्तु निर्यात विराटनगर नाकाबाट र सबैभन्दा धेरै आयात वीरगन्ज नाकाबाट भएको तथ्याङ्कले देखाएको छ। विगतका वर्षमा वस्तु आयात तथा निर्यात दुवै वीरगन्ज नाका हुँदै हुने गरे पनि पछिल्लो समय विराटनगर नाका हुँदै वस्तु निर्यात धेरै भएको देखिएको हो।  

वीरगन्ज नाकाबाट चालू आर्थिक वर्षको ५ महिनामा २ खर्ब ४३ अर्ब रुपैयाँबराबरको आयात भएको भन्सार विभागले जनाएको छ। त्यस्तै विराटनगर नाकाबाट चालू आर्थिक वर्षको ५ महिनामा १७ अर्ब रुपैयाँबराबरको वस्तु निर्यात भएको छ। 

ताजा तथ्यांकअनुसार ५ महिना अवधिमा कुल वस्तु आयात ६ खर्ब ६४ अर्ब रुपैयाँबराबरको भएको छ भने कुल वस्तु निर्यात ६७ अर्ब रुपैयाँबराबरको भएको छ।

आयातमा कडाइ गरिँदा पछिल्लो अवधिमा नेपालको व्यापारघाटा केही घटेको देखिएको छ। गत आर्थिक वर्षको तुलनामा यो वर्ष व्यापारघाटामा १८ दशमलव ७७ प्रतिशतले गिरावट आएको हो। 

चालू आवमा गत वर्षको तुलनामा आयात र वस्तु निर्यात दुवै घटेको छ। गत आर्थिक वर्षको ५ महिनाको तुलनामा वस्तु आयात २० दशमलव ७१ प्रतिशतले घटेको छ भने वस्तु निर्यात ३४ दशमलव ६१ प्रतिशतले घटेको छ। 

कुन भन्सारबाट कति रकमको वस्तु आयात?
भद्रपुर : ५ करोड ३२ लाख 
भैरहवा : ९३ अर्ब 
विराटनगर : ७८ अर्ब  
वीरगन्ज : २ खर्ब ४३ अर्ब  
चोभार सुख्खा बन्दरगाह : २० करोड 
वीरगन्ज सुख्खा बन्दरगाह : ८३ अर्ब 
गौर भन्सार : ३४ करोड 
गौतमबुद्ध विमानस्थल : २ करोड
जलेश्वर भन्सार : ३ अर्ब ५६ करोड 
जनकपुर : ३० करोड
कैलाली भन्सार : १० अर्ब
कञ्चनपुर भन्सार : ५६ करोड
कृष्णनगर भन्सार : ८ अर्ब 
महेशपुर भन्सार : २० अर्ब
नेपालगन्ज नाका : २६ अर्ब
राजविराज भन्सार नाका : १ करोड
रसुवा भन्सार : ११ खर्ब
सर्लाही भन्सार : ९४ करोड ८८ लाख 
सति भन्सार : १० करोड
सिरहा भन्सार : ५ करोड
सुनसरी भन्सार : ३ अर्ब
सुठौली नाका : १ अर्ब
तातोपानी नाका : ४ अर्ब
ठाडी नाका : २ करोड
त्रिभुवन विमानस्थल : ७३ अर्ब  

कुन नाकाबाट कति रकमको वस्तु निर्यात?
भैरहवा : ३ अर्ब
विराटनगर : १९ अर्ब
वीरगन्ज : १७ अर्ब 
चोभार सुख्खा बन्दरगाह : ३३ लाख
सुख्खा बन्दरगाह वीरगन्ज : १ खर्ब ५० करोड
गौर नाका : ९ लाख 
गौतमबुद्ध विमानस्थल : ३८ लाख 
जलेश्वर नाका : ६४ करोड
कैलाली नाका : ४० करोड
कन्चनपुर नाका : ८१ लाख 
कृष्णनगर भन्सार नाका : ४४ करोड
मेची भन्सार : ८ अर्ब ५४ करोड
नेपालगन्ज नाका : ७४ करोड
सर्लाही : २ करोड
सुठौली : ५ करोड
त्रिभुवन विमानस्थल : १५ अर्ब २२ करोड

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .