विक्रम थापा र रिता श्रेष्ठको आवाजमा पूर्वेली गीत ‘सल्लेरी पाखैमा’को भिडिओ सार्वजनिक भएको छ।
कृश श्रेष्ठको प्रस्तुति रहेको गीतमा विक्रम थापाकै संगीत रहेको छ भने भिषण मानन्धरको संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ रहेको छ। गीतलाई सन्तोष कटवालले लेखेका हुन् भने हार्मोनिक स्टुडिओमा रेकर्ड गरिएको हो।
गीतको भिडिओमा पुष्प खड्का र नग्मा श्रेष्ठले फिचरिङ गरेका छन्। उत्तम हुमागाईंको सिनेमाटोग्राफी, दिल्सन शाहको कलर सम्पादन, प्रशान्त तामाङको कोरियोग्राफी र शृङ्गार सर्मिला सुनुवारको रहेको छ।
भिडिओको अफिसियल स्पन्सर एभरेस्ट मम प्लस अमेरिकाले गरेको छ। जीवन शाहीको निर्देशन रहेको भिडिओ अत्यन्तै उत्कृष्ट बनेको निर्माण पक्षको दाबी छ।
भिडिओ प्राकृतिक रमणीय सल्लेरी पाखा, प्राकृतिक झरनामा छायांकन गरिएको छ।
भिडिओ ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको छ।
Shares
प्रतिक्रिया