पछिल्लो समय बनेका सबैजसो नेपाली सिरियलमा चुनावको प्रसंग जोडिएको छ। मंसिर ४ मा हुने निर्वाचन प्रचारप्रसारको अन्तिम चरणमा नेताहरु छन्। आज मध्येरातिदेखि स्थिर समय सुरु हुँदै छ। जुन समयमा चुनावी प्रचारप्रसार गर्न पाइने छैन।
नेता/कार्यकर्तालाई जत्तिकै सिरियल निर्माता तथा कलाकारलाई पनि चुनाव लागेको छ। पछिल्ला केही सातायता बनेका अधिकांश सिरियलमा चुनावकै मुद्दा उठाइएको छ। हास्य टेलिसिरियल भद्रगोलको ३६२औँ भाग निर्वाचनमय बनाइएको छ।
अर्को सिरियल फुर्के नम्बर वानको ७३औँ शृंखला पनि निर्वाचनमय छ।
हास्य श्रृंखला ‘मेरी बास्सै’को ७८१औँ भाग पनि निर्वाचनमय बनाइएको छ।
निर्वाचलको इस्यु उठाएका सबैजसो रिसियलले चुनावका बेला नेताले के के गरेर जनतालाई झुक्याउछन् भन्ने विषय उठाएका छन्।
‘मेरी बास्सै’का निर्देशक दिवाकर भण्डारीले सक्षम र विकासप्रेमी नेता छान्न प्रेरित गर्नकै लागि सिरियलमा यस्तो विषय उठान गरेको बताएका छन्।
Shares
प्रतिक्रिया