अभिनेत्री वर्षा शिवाकोटी र अभिनेता पुष्प खड्काले अभिनय गरेको म्युजिक भिडिओ सार्वजनिक गरिएको छ। भिडिओमा यो जोडीको प्रेम र रोमान्स देखाइएको छ।
पुष्प र वर्षाले गायक विकास राणाको कवाली शैलीको नयाँ गीत ‘नखरा कबुल’मा अभिनय गरेका हुन्। सार्वजनिक गीत नारायण नेपालले लेखेका हुन्। गीतमा शशी विक्रम थापाको संगीत तथा विनोद भुजेलको संगीत संयोजन सुन्न सकिन्छ।
गीतको म्युजिक भिडिओ निर्देशन निकेश खड्काले गरेका छन्। बुद्ध थापाको छायाँकन रहेको भिडिओ सम्पादन विकाश धमलाले गरेका छन्।
म्युजिक भिडिओ
99
Shares
प्रतिक्रिया