चर्चित लोकदोहोरी गायिका कल्पना दाहालले शुक्रबार परम्परागत रूपमा बिहे गरेकी छन्।
गत जेठमै प्रेमी पुण्यप्रसाद आचार्यसँग अदालती विवाह गरिसकेकी उनले आज परम्पराअनुसार बिहे गरेकी हुन्।
ललितपुर इमाडोलस्थित एक पार्टी प्यालेसमा विवाह समारोह भएको हो।
उनका पति पुण्य अमेरिकामा बस्छन्। अब कल्पना पनि अमेरिका जाने तयारीमा रहेको बताइएको छ।
225
Shares
प्रतिक्रिया