ad ad

कला


बालेन्द्रलाई नमस्कार नफर्काएको भिडिओ भाइरल भएपछि निश्चलले दिए स्पष्टीकरण

बालेन्द्रलाई नमस्कार नफर्काएको भिडिओ भाइरल भएपछि निश्चलले दिए स्पष्टीकरण

काठमाडौँका मेयर बालेन्द्र शाह र निर्देशक निश्चल बस्नेत


नेपालखबर
मंसिर २९, २०७९ बिहिबार ९:४५, काठमाडौँ

काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) लाई नमस्कार नगरेको भन्दै निर्देशक निश्चल बस्नेतको निकै आलोचना भयो। बस्नेतको एक भिडिओलाई टिकटकमा भाइरल नै बनाइयो। 

काठमाडौं महानगरपालिकाका प्रमुख शाहले नमस्कार गर्दा नमस्कार नफर्काएको आफ्नो भिडिओ टिकटकमा भाइरल भएसँगै उनलाई गालीको वर्षा भयो। त्यसपछि निश्चलले यस विषयमा स्पष्टीकरण दिएका छन्। 

भिडिओलाई भाइरल बनाएर आफूविरुद्ध गालीगलौज गरिएको भन्दै निश्चलले चित्तसमेत दुखाएका छन्। उनले आफ्नो चरित्र हत्या गर्न खोजेको भन्दै आक्रोश व्यक्त गरेका छन्। निश्चलले उक्त भाइरल भिडिओ बालेन मेयर हुनुभन्दा पहिलाको भिडिओ भएको बताएका छन्।

उनले फेसबुकमा लेखेका छन् :

‘कसैको चरित्र हत्या गर्न कति सजिलो भएको रैछ आजकल। भिडिओ क्लिप निकाल्यो, आफूलाई मन लागेको टेक्स्ट लेख्यो अनि सुरु हुन्छ - खेला । गालीगलौज गर्नलाई औँला चिलाइहल्छ।....बालेनले गरेको नमस्कार मैले नफर्काएर बेवास्ता गरेँ भन्दै टिकटकमा एउटा भिडिओ भाइरल हुँदै रहेछ। साथीभाइले र आफन्तले पनि प्रश्न गर्न थाले के गरेको तैँले भन्दै। त्यही भएर लेख्दै छु। 

बालेनलाई नगरप्रमुख बनाउने अभियान चलिरहेको बेलाको कथा हो त्यो। ‘चिसो एस्ट्रे’को प्रिमियरको समय । ७/८ महिनाअगाडिको भिडिओ हो त्यो। बालेन र मेरो भेटअगाडि नै भएर सँगसँगै थियौँ। अरू चिनजान भएका साथीहरू आउँदा उनले अरूलाई, मैले अरूलाई अभिवादन गरिरहेका थियौँ। कथा सकियो। 

हाम्रो मेयरज्यूलाई मैले सम्मान गरिनँ रे। त्यही भएर म सबै प्रकारका घृणित म्यासेजहरूको हकदार छु हैन त ? सत्य के हो मतलब भएन। गाली गर्न पाएपछि पछि हट्नु हुन्न है!’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .