ad ad

कला


‘प्रसाद २’ को छायांकन सुरु

‘प्रसाद २’ को छायांकन सुरु

‘प्रसाद २’ को छायांकन बिहीबार सुरु


नेपालखबर
पुस १, २०७९ शुक्रबार ६:४३, काठमाडौँ

फिल्म ‘प्रसाद २’ को छायांकन बिहीबार सुरु गरिएको छ। माछापुच्छ्रे गाउँपालिकामा फिल्मको मुहूर्त गर्दै छायांकन सुरू गरिएको प्रस्तुतकर्ता सुवास थापाले जानकारी दिए। 

‘डेढ महिनाको सेड्युल तय गरेर छायांकन सुरू गरेका हौँ। फिल्मलाई ग्रामीण कथामा निर्माण गर्दै छौँ भने हिमाली सुन्दरता समेत कैद गर्दैछौँ’, प्रस्तुतकर्ता थापाले भने। फिल्ममा मुहूर्तको दृश्य मुख्य कलाकार विपिन कार्की र केकी अधिकारीले दिए। उनीहरु दुई फिल्ममा श्रीमान् तथा श्रीमतीको भूमिकामा छन्।

एसजी फिल्म्स र सुलभ थापा प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको फिल्मलाई सुदर्शन बस्नेतले निर्माण गर्दै छन्। निर्देशक थापाको निर्देशनमा तयार हुने फिल्ममा अर्पण थापा, महेश त्रिपाठी, कमलमणि नेपाल, प्रकाश घिमिरे, विशाल पहाडी, निमा पाण्डेलगायत कलाकारको अभिनय रहनेछ। 

यसमा राजेश श्रेष्ठको छायांकन, उत्तम न्यौपानेको ध्वनि, राजनराज सिवाकोटीको सङ्गीत रहनेछ। फिल्म पत्रकार सुशील पौडेलले लेखेका हुन्। ‘प्रसाद’ हिट भएपछि यसको सिक्वेलका रूपमा ‘प्रसाद २’ को निर्माण हुन लागेको हो। लेखक पौडेलले फिल्मको कथा अभिनेता कार्की र अभिनेत्री अधिकारीमा केन्द्रित रहने बताए। ‘दुईको प्रेम र त्यसले निम्त्याउने सङ्घर्षलाई फिल्ममा देखाइनेछ’, लेखक पौडेलले भने। रासस   
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .