ad ad

कला


शिल्पाले छोडेपछि किन उठ्न सकेनन् ‘बाघ निर्माता?’

शिल्पाले छोडेपछि किन उठ्न सकेनन् ‘बाघ निर्माता?’

फाइल तस्बिर


नेपालखबर
पुस १, २०७९ शुक्रबार १८:५, काठमाडौँ

नेपाली फिल्म उद्योगमा ‘बाघ निर्माता’को उपाधि पाएका निर्माता हुन् छविराज ओझा।

फिल्म उद्योगमा स्थापित महानायक राजेश हमालदेखि रेखा थापा, आर्यन सिग्देल, जीवन लुईंटेल सविन श्रेष्ठ, शिल्पा पोखरेल लगायतका कलाकार उनैले भित्राएका हुन्। 

एकताका छविका फिल्मको गर्जन पनि ठूलै सुनिन्थ्यो मनोरञ्जन उद्योगमा। तर केही वर्षयता छवि चुपचाप छन्। 

उनको स्थान अरु नै निर्माताले कब्जा गरिसकेका छन्। नयाँ निर्माता आएर उद्योगमा स्थापित हुँदै गर्दा छविले फिल्म निर्माण गर्न सकेका छैनन्। 

पछिल्ली श्रीमती तथा कलाकार शिल्पा पोखरेलसँगको विवादपछि छवि फिल्म निर्माणमा फर्किन सकेका छैनन्। 

बेला–बेला छविले ‘जेल ब्रेक’ निर्माण गर्ने चर्चा हुन्छ। तर उनले कतै मिडियामा बोलेका छैनन्। 

छवि पछिल्लो समय फिल्मबाट मात्रै होइन मिडियाबाट पनि टाढा छन्। फिल्म क्षेत्रमा संकट पैदा भएको बेला माहोल बनाउँने छवि अहिले आफैं संकटमा परेका छन्। 

धेरैले छविलाई घाइते बाघका रुपमा चित्रण गर्न थालेका छन्। विशेष गरी शिल्पासँगको मुद्दामामिलाका कारण घाइते भएका छविले पुनः लय समात्न नसकेको बताइन्छ।

छविले नै फिल्म उद्योगमा ल्याएका अभिनेता आर्यन सिग्देलले आफ्नो नयाँ फिल्म प्रमोसनका क्रममा छवि घाइते नभएर निदाएको बताएका छन्। 

शिल्पा पोखरेलसँगको घरायसी कलहपछि छविका चार वर्ष मौनतामै बितिसके। शिल्पा र छविराजबीचको सम्बन्ध विच्छेदको मुद्दा अहिले पनि अदालतमा चलिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .