नायिका मलिना जोशीको प्रेम सम्बन्ध टुटेको छ। पूर्व मिस नेपालसमेत रहेकी मलिना जिम ट्रेनर सुशान्त प्रधानबीचको प्रेम सम्बन्ध टुंगिएको हो।
उनीहरुले सम्बन्ध अन्त्यसँगै सामाजिक सञ्जालबाट एकअर्काका तस्बिर हटाएका छन्। मलिनाको जन्मदिनमा सुशान्तले मलिनासँगको तस्बिर पोस्ट गर्दै ‘ह्याप्पी बर्थ डे लभ’ लेखेका थिए।
त्यसयता उनीहरुले एकअर्कासँग बिताएका रमाइला पलका तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्ने गरेका थिए। अहिले दुवैले आआफ्ना सामाजिक सञ्जालबाट सबै फोटा लुकाएका छन्।
बजारमा सम्बन्ध सकिएको चर्चालाई उनीहरुको यो हर्कतले पुष्टि गरेको छ। उनीहरु एकअर्कासँग अलग भइसकेको चर्चा फिल्मी बजारमा छ। मलिना र सुशान्तले केही बर्षको प्रेम यात्रामा आफ्ना कुनै पनि कुरा लुकाएनन्।
अहिले भने सञ्जालबाट आफूहरुका प्रेमिल तस्बिर लुकाएर बसेका छन्।
Shares
प्रतिक्रिया