ad ad

कला


‘तिम्रो मेरो साथ’को मोफसल क्रेज

‘तिम्रो मेरो साथ’को मोफसल क्रेज

नेपालखबर
पुस १९, २०७९ मंगलबार ९:४०, काठमाडौँ

पुष २९ बाट सार्वजनिक प्रदर्शनमा आउने सिनेमा ‘तिम्रो मेरो साथ’को टिमले मोफसल टूर सम्पन्न गरेको छ। पर्यटकीय नगरी पोखराबाट सुरु भएको नेपाल टूर दमकमा गएर समाप्त भयो।

पोखरामा पत्रकार भेटघाट र सिनेमा प्रचार गरेपछि टिम चितवन झरेको थियो। चितवनका बिभिन्न क्याम्पस, हल र मलमा दर्शकसँग साक्षात्कार गरेको टिमले त्यहाँ सिनेमाको शिर्ष गीतपनि सार्वजनिक गर्यो।

चितवन भ्रमणपछि कलाकार पुष्प खड्का, साम्राज्ञी राज्यलक्ष्मी शाह, सन्दीप क्षेत्री र निर्देशक रमेश एमके पौडेलसहितको टिम हेटौंडा हानिएको थियो। हेटौंडामा पत्रकार सम्मेलन गरेर टिमले सिनेमाबारे जानकारी दियो। हेटौंडाका संचारकर्मीसंगको सक्षात्कारपछि टिम सर्लाहीको लालबन्दी पुगेको थियो।

लालबन्दीमा कन्सर्ट गरेको टिमले दर्शकको उल्लेख्य साथ पायो। साम्राज्ञी, पुष्प र सन्दीपले दर्शक झुमाए। दर्शक संख्या बढी हुँदा प्रहरीलाई भिड व्यवस्थापन गर्न हम्मे हम्मे परेको थियो।

लालबन्दीमा साम्राज्ञी, पुष्प र सन्दीपको बबाल क्रेज देखियो। दर्शकहरु कलाकारसंग फोटो खिच्न उत्साहित देखिन्थ्ये। लालबन्दीको सफल भ्रमणपछि ‘तिम्रो मेरो साथ’ टिम इटहरी र दमक हानिएको थियो।

इटहरीमा सिनेमाको टिमले शहर परिक्रमा गरेको थियो। अटो रिक्सामा सिनेमाको पोस्टर टाँसेर शहरको चक्कर लगाउदा दर्शकको ध्यान केन्द्रित गर्न सफल भएको थियो।

इटहरीमा पत्रकार भेटघाट गरेपछि टिम दमकतर्फ लागेको थियो। दमकमा प्रेसमिट गरेपछि शनिबार निर्माण पक्ष राजधानी फिरेको छ।

अब निर्माण पक्षले काठमाडौँ उपत्यकामा प्रचारका कार्य गर्नेछ। मोफसल टूरपछि काठमाडौं आइपुगेका निर्देशक पौडेलले मोफसलमा दर्शक र मिडियाको न्यानो साथ पाएको सबै जना सिनेमालाई लिएर उत्साहित रहेको भन्दै खुसि व्यक्त गरे।

‘मोफसलको सफल भ्रमण सकाएर काठमाडौं आइपुगेका छौं। उपत्यका बाहिरका दर्शकसंग आत्मियता साट्न पायौं। उहाँहरु सिनेमालाई लिएर निक्कै उत्साहित हुनुहुन्छ। मिडियाकर्मीबाट पनि राम्रो साथ पायौं। आशा छ दर्शकले हलमा पनि साथ दिनु हुन्छ होला।’ पौडेलले एउटा राम्रो लभस्टोरी सिनेमा बनाएको भन्दै पुष २९ देखि हल पुगेर हेरिदिन आग्रह गरे।

प्रेमकथामा आधारित सिनेमाको ट्रेलर र गीत संगीतले दर्शकको राम्रो साथ र प्रतिक्रिया पाएकाले सिनेमाले पनि राम्रो प्रतिक्रिया पाउनेमा आशावादी देखिएको छ।

सिनेमामा पुष्प, साम्राज्ञी र सन्दीपसंगै सरोज खनाल, खड्क बहादुर पुन, दिपिशा केसीलगायतका कलाकारहरुको अभिनय छ।

सबिर श्रेष्ठ र बाबुराम निरौलाको स्क्रिप्टमा निर्माण सिनेमामा शिव ढकालको छायांकन, सुवाष भुषाल र योगेश काजीको संगीत, रामजी लामिछानेको कोरियोग्राफी र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ।

सबिर श्रेष्ठको लेखन तथा कार्यकारी निर्माण रहेको सिनेमामा पासाङ लामा, अर्नव पौडेल र आर्यन पौडेलको लगानी रहेको छ। सिनेमाको सहनिर्मातामा नीरु भण्डारी, अशोक पोखरेल, सुमन पौडेल र सुधिर पराजुली रहेका छन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .