ad ad

कला


सलमानका अनौठा फ्यान, ५ दिन लगातार साइकल चलाएर भेट्न मुम्बई पुगे

सलमानका अनौठा फ्यान, ५ दिन लगातार साइकल चलाएर भेट्न मुम्बई पुगे

नेपालखबर
पुस १९, २०७९ मंगलबार १०:५, काठमाडौँ

बलिउड अभिनेता सलमान खानले २७ डिसेम्बरमा आफ्नो ५७ औं जन्मदिन मनाए। उनको जन्मदिनको अवसर पारेर उनलाई एक झलक देख्न उनको घरबाहिर हजारौं फ्यानको भीड उभिएको थियो। त्यहाँ उपस्थित भएका सबैलाई सलमानले भेट्न सकेनन् तर उनका फ्यान समीरलाई भने सलमान आफैंले नभेटि रहन सकेनन्।

वास्तवमा, जबलपुर निवासी समीरले चिसो मौसममा सलमान खानलाई भेट्न ११ सय किलोमिटर साइकल चढेका थिए। सलमान खानले पनि आफ्ना फ्यानको भावनाको कदर गर्दै उनलाई भेटेर फोटो खिचे।

समीर सानैदेखि सलमानको ठूलो फ्यान हुन। २२ डिसेम्बरमा, समीर जाडो मौसममा जबलपुरबाट साइकलमा गए र २९ डिसेम्बरमा मुम्बई पुगे। जब सलमानलाई समीरका बारेमा थाहा भयो तब उनी फ्यानलाई भेट्न बाहिर निस्किए र उनलाई भेटे। 

सलमान खानको फ्यान पेजले भाइजान र उनका फ्यान समीरको तस्बिर सेयर गरेको छ। यी तस्विरहरूमा सलमान आफ्ना फ्यान समीरसँग भेटिरहेका छन्। यस क्रममा सलमानले समीरको साइकलसँग पनि पोज दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .