चर्चामा रहेको बलिउड फिल्म ‘पठान’ ट्रेलर रिलिज भएको छ। विवाद र चर्चाको घेरमा रहेको ‘पठान’ बलिउडको बहुप्रतिक्षित फिल्म बनेको छ। फिल्ममा शाहरुख खान, दीपिका पादुकोण र जोन अब्राहम शीर्ष भूमिकामा छन्।
यशराज फिल्म्सको ब्यानरमा निर्माण भएको ‘पठान’को ट्रेलर एक्सन दृश्यले भरिपूर्ण छ। यो फिल्ममार्फत शाहरुख ५ वर्षपछि बलिउडमा कमब्याक गर्दै छन्। शाहरुखको कमब्याकका कारण उनका फ्यानका लागि फिल्म प्रतिक्षित बनेको छ।
यशराज ब्यानरको चौथो स्पाई सिरिजका रुपमा यो फिल्मलाई लिइएको छ। सिद्धार्थ आनन्दको निर्देशन र आदित्य चोपडाको निर्माण रहेको यो फिल्म आगामी माघ ११ देखि भारतसहित विश्वभर प्रदर्शन हुँदै छ।
२५० करोड भारुमा निर्माण भएको यो फिल्मले गीत ‘बेसरम रङ’का कारण निकै विवाद खेप्नुपर्यो। गीतमा अभिनेत्री पादुकोणले पहिरिएको बिकिनीको रङले हिन्दू धर्मलाई अपमान गरेको भन्दै सत्तारुढ भारतीय जनता पार्टी (बीजेपी) विरोधमै उत्रियो।
ठाउँठाउँमा फिल्म प्रदर्शनमा रोक लगाउने चेतावनीसमेत दिइयो। फिल्म बहिष्कारको ट्रेन्ड नै चलेको थियो।
हेर्नुहोस् ट्रेलर
Shares
प्रतिक्रिया