छायांकनको संघारमा रहेको फिल्म ‘भागवत गीता’मा अभिनेता विपिन कार्की अनुबन्ध भएका छन्।
अभिनेत्री झरना थापाको निर्देशनमा बन्न लागेको फिल्मका लागि विपिनले कागजी सम्झौता गरेका छन्। फिल्मको कथा र चरीत्र दुवै मन परेपछि ‘भागवत गीता’मा काम गर्न तयार भएको बताएका छन्।
केही दिनअघि मात्रै ‘प्रसाद २’को छायांकन सकेका विपिनले काठमाडौं फर्किएसँगै नयाँ फिल्ममा सम्झौता गरेका हुन्।
अभिनेता दयाहाङ राई र सौगात मल्ल विपिनभन्दा अघिनै यस फिल्ममा अफर गरिएको थियो। तर उनीहरु दुबैले फिल्ममा काम नगर्ने भएपछि विपिन भित्रिएका हुन्।
सुनीलकुमार थापाको निर्माणमा बन्ने फिल्ममा अभिनेता धीरज मगर र अभिनेत्री सुहाना थापाले शिर्ष भूमिका निर्वाह गर्नेछन्।
फिल्म यही माघ २० गतेदेखि छायांकनमा जाने छ। फिल्म आउँदो नयाँ वर्ष अर्थात वैशाख १ गते प्रदर्शन घोषणा गरिएको छ। अन्तर्जातीय प्रेमकथामा निर्माण हुन लागेको फिल्म जनकपुर र दार्चुलामा छायांकन हुनेछ।
Shares
प्रतिक्रिया