ad ad

कला


टेकेन्द्रको निर्देशनमा ‘चस्मा आँखैमा’ (भिडिओ)

टेकेन्द्रको निर्देशनमा ‘चस्मा आँखैमा’ (भिडिओ)

नेपालखबर
असोज ७, २०८० आइतबार १०:२७, काठमाडौँ

म्युजिक भिडिओ सम्पादन तर्फ टेकेन्द्र शाहको नाम लोकप्रिय छ। उनले थुप्रै हिट गीतका दृष्य सम्पादन गरेका छन्। 

म्युजिक (भिडिओ) मात्रै होइन, टेकेन्द्रले थुप्रै टेलिभिजन प्रस्तुति, वृत्तचित्र, छोटा फिल्म र चलचित्रका पनि दृष्य सम्पादन गरेका छन्।

त्यासो त उनी गायक पनि हुन्। शाहले कयौं देउडा गीतमा आफ्नो स्वर पस्किएका छन्। उनै टेकेन्द्र पछिल्लो समय म्युजिक भिडियो निर्देशकका रुपमा पनि देखा परेका छन्।

यसै साता टेकेन्द्रको निर्देशनमा ‘चस्मा आँखैमा’बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। 

सार्वजनिक गीत राजु परियार र लक्ष्मी खड्काले गाएका छन्। शर्मिला गजमेरले लेखेको गीतमा लालकुमार बरालले संगीत गरेका छन्। 

भिडिओमा भुटानकी चर्चित नायिका उगेन छोदेनका साथमा नेपाली मोडल चक्र बमले अभिनय गरेका छन्। 

चक्र बहादुर बरालले छायांकन गरेको भिडिओ सम्पादन टेकेन्द्र आफैंले गरेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .