नेपाली फिल्म ‘हात्तीछाप’का शीर्ष कलाकारको क्यारेक्टर लुक्स सार्वजनिक भएको छ।
फिल्मका २ पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले कलाकारको क्यारेक्टर लुक्स सार्वजनिक गरेको हो।
माघ २६ गतेबाट रिलिजको तयारीमा रहेको फिल्मको सार्वजनिक पोस्टरमा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, बेनिशा हमाल, बुद्धि तामाङ, विल्सन विक्रम राई, विजय बराल समावेश छन्।
पोस्टरलाई आधार मान्ने हो भने दया र उपासनाले फिल्ममा जोडी कलाकारको भूमिका निर्वाह गरेको देखिन्छ।
सौगातको क्यारेक्टर लुक्स भने दर्शकका लागि नौलो लाग्न सक्छ।
किरण नेपालीको प्रस्तुतिमा तयार भएको फिल्मलाई सिमोस सुनुवारले निर्देशन गरेका हुन्।
फिल्ममा प्रदीप भारद्वाजको लेखन, सुशन प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी छ। पुष्कर गुरुङ र अमलादेवी राईको लगानी रहेको फिल्मका कार्यकारी निर्माता सरोज नेपाली हुन्।
यो फिल्ममा कमलमणी नेपाल, पुष्कर गुरुङ, प्रकाश घिमिरे, भोलाराज सापकोटा, विनोद न्यौपाने, कबिता आले, सुष्मा निरौला, रीयर राई, अनुप न्यौपाने, स्वस्तिमा खड्का, नारायण खाती, अनिता गिरी, बेनु भुजेलको पनि मुख्य भूमिका छ।
Shares
प्रतिक्रिया